साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानुन माथिका मान्छे 

न त्यो हिलोले उनीहरूलाई छुन्छ  न त्यो हिलो गाडी नै उनीहरूले सफा गर्नुपर्छ  हिले बाटो नबनाउँदा उनीहरूलाई कहिलै दाग लाग्दैन  त्यसैले उनीहरू सधैँ सफा र दागरहित देखिन्छन् ।

Nepal Telecom ad

उनीहरूले कहिलै गल्ती गर्दैनन्
कुनै नियम र कानुनले उनीहरूको बाटो छेक्दैन
नियम र कानुनका उल्झनहरूलाई
उनीहरु जुत्ता मुनि कुल्चिएर हिंडछन्
ती जुत्तामा दाग देखिए पैसाको बिटाले पुछिदिन्छन् ।

विदेशी शासकले विदेश भ्रमणमा जाँदा उपहार स्वरुप दिएको
कोटको गोजीमा उनीहरू देशको संविधान बोकेर हिँड्छन्
त्यसैले उनीहरूले कहिलै संविधान मिच्दैनन् ।

उनीहरू सधैँ केन्द्रमा हुन्छन् किन कि
उनीहरू व्यवस्था सञ्चालन गर्ने
गाडीका अघोसित तर वास्तविक चालक हुन्
सबै त्यस्ता गाडीहरू केन्द्रबाट नै सञ्चालित हुन्छन् ।

उनीहरू सरकारी  विकासे ठेक्काका
निर्विकल्प  ठेकेदार हुन्
वा पेशावर किङ्ग मेकर हुन्
उनीहरू स्वतन्त्र छन्
कालो बजारलाई सेतो बनाउन
मानिसहरूलाई सिन्डिकेटको फन्दामा फसाउन
सम्पत्तिको शिकार गर्न अस्पताल र स्कुलको पासो थाप्न
किनकी उनीहरू पार्टीका प्रायोजक हुन्
उनीहरू सत्ता नृत्यका निर्देशक हुन् ।

उनीहरू दरबारमा बस्छन्
त्यो महल अगाडि बाटोमा फोहर पानीको पोखरी छ
बिहान बेलुकी त्यो बाटोमा उनीहरूको सवारी चल्दा
गाडीका चक्का पानीमा छप्ल्याङ डुब्दा
फोहोर पानीले गाडी डुबाउँदा
न त्यो हिलोले उनीहरूलाई छुन्छ
न त्यो हिलो गाडी नै उनीहरूले सफा गर्नुपर्छ
हिले बाटो नबनाउँदा उनीहरूलाई कहिलै दाग लाग्दैन
त्यसैले उनीहरू सधैँ सफा र दागरहित देखिन्छन् ।

उनीहरूका पहिरन दाग अबरोधक हुन्छन् ।
किन कि उनीहरू कानुन माथिका मान्छे हुन् ।

०००
अल्बानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x