साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी छोड्दै नछोडौँ

बरू श्रीमती, सम्पति, सान छोडौँ गए जान्छ यो प्राण वा ज्यान छोडौँ ! नछोडौँ नछोडौँ नछोडौँ नछोडौँ ! इमान्दारितासाथ कुर्सी नछोडौँ ।

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  वाचनमा मिश्रित अनुपस्थित रहनु भयाे । छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

लगायो लुगा देशले जीर्ण भाङ्ग्रो
गनायो सुतेको छ ओछ्यान थाङ्ग्राे
नदीमाझ सम्पूर्ण भुल्ला बगाओँ !
सफा होस् बरु देश नाङ्गो बनाऔँ ।

लिपू लेक सुस्ता कतै क्यै नटालाैँ
बरु छेउछाउ कतै बेच्न थालौँ
नछोडौँ न सत्ता र भत्ता पचाऔँ !
मरोस् देश खुत्रुक्क जत्था बचाऔँ ।

लडौँ आफुआफू विदेशी गुहारौँ !
उ हारोस् कहिल्यै म हार्दै नहारौँ ।
नखोलेर उद्योग नै ठप्प पारौँ
रुपैया सबै बैङ्कमा लै थुपारौँ ।

गिटी बालुवा झैँ युवाशक्ति बेचौँ !
यहाँ अन्न फल्दैन बेच्दै नबेचौँ ।
बचेका बुढा, बालबच्चा र नारी
सकिँदैन रे पाल्न पारि नतारी ॥

मिठा भाषनैले निराशा भगाऔँ
भिसा पाउनानिम्ति आशा जगाऔँ ।
घडेरी नजोडे कहाँ बस्नु साथी !
छ मेरो नि मान्छे बुझेनस् र माथि ?

मजाले लुटौँ भोटको मोल तोकौँ
कहाँ मिल्छ मौका बसी रक्सी धोकौ !
जुको झैँ गडौँ देश नै होस् न डाम्रो
गएको छ कस्को र के जान्छ हाम्रो ?

उडाएन पाजी छुसे लाउडाले
चुहाईरहोस् र्याल थोत्रे बुढाले
अझै डङ्डमी डुङ्डुङी नै गनाऔँ
यही चालले देश नाङ्गो बनाऔँ ।

अरूको भने आङको भैँसी देखौँ
भए आङमा आफ्नु जुम्रो नदेखौँ
कसैले नटेरे दिए हुन्छ धक्का !
न मेरो छ गोरू न बाह्रै छ टक्का !!

लगौँटी फुकालौँ नमानेर लाज
यसोरी लजाए कहाँ चल्छ काज ?
सबै नाङ्गिऔँ नाङ्गिनै हुन्छ राम्रो
अझै बाङ्गिऔँ बाङ्गिँदा हुन्छ राम्रो ।

बरू श्रीमती, सम्पति, सान छोडौँ
गए जान्छ यो प्राण वा ज्यान छोडौँ !
नछोडौँ नछोडौँ नछोडौँ नछोडौँ !
इमान्दारितासाथ कुर्सी नछोडौँ ।

पुगोस् नर्कमा  देश बाटो नरोकौँ
यहाँ शान्तिको बोट रोप्दै नरोपौँ
सदाचार तोडौँ दुराचार बोकौँ
खरो राष्ट्रवादी बनी गान घोकौँ ।

०००

२०८० वैशाख १४ गते
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x