साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रतेलीको रौनक

राति चल्ने रतेली त दिन घोडे-जात्रा कतिञ्जेल चल्ने होला यस्तो गाई-जात्रा ? रतेली र गाई-जात्रा मिलाएर मात्रा रतेलीको रौनकमा भयो महाजात्रा ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

तस्करका लस्कर महान ।
खाए देश मिलेर जहान ॥

देखेँ कतै नदेखेको महाजात्रा मैले
गाई-जात्राभन्दा ठूलो जात्रा चल्यो ऐले ।
जल्ले जेजे गरेपनि कल्ले ठोक्न सक्ने ?
रतेलीको स्वतन्त्रता कल्ले रोक्न सक्ने ?

रतेलीमा ठेउवा, कौवा गीत गाउन थाले
पखेटा नै उचालेर नचाउन थाले ।
बाज आयो हानिएर आँखा नचाउँदै
स्याल, कुकुर, गिद्ध आए झनै हँसाउँदै ।

बाँदरको हातपर्‍यो डल्लै नरिवल
बिरालो र बाघहरू गरे खलबल ।
टाठा-बाठा बलियाले मोज गरी खाए
लाटा-सुधा जनताले खानु दुक्ख खाए ।

जोजो आए खाए गए काम कल्ले गर्‍यो ?
जल्ले पनि मौका पारी आफ्नै भुँडी भर्‍यो ।
जल्ले पायो डाडु-पन्यू उल्ले खायो धेरै
सीधा-सादा नारी चाहिँ सधैं हेर्‍याहेरै ।

राति चल्ने रतेली त दिन घोडे-जात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाई-जात्रा ?
रतेली र गाई-जात्रा मिलाएर मात्रा
रतेलीको रौनकमा भयो महाजात्रा ।

तस्करका लस्कर महान ।
खाए देश मिलेर जहान ॥

०००

नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x