साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँपको नागरिकता आवेदन

हामी जुन जात वर्णका भए पनि नेपाल हाम्रो प्राण ! नेपाली हाम्रो पहिचान हुनु हुँदैन हरण । अब गरिदिनु पर्‍यो नेपाली ‘लहानिया’ आँप भनी, हाम्रो नागरिकता प्रमाणीकरण ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म देशी मीठो आँपको
जिल्ला सिरहा, लहान जन्मस्थान ।

तर विदेशी ‘मालदहिया’-
‘बम्बैया’भनी बेचिन्दा
घाइते हुन्छ स्वदेशाभिमान ।

कलमको चलाखीले जीवन
सधैं ठगी गयो ।
विभेदको पीडाले यता आँसु,
उता कोशी बगी रह्यो ।

हामी जुन जात वर्णका भए पनि
नेपाल हाम्रो प्राण !
नेपाली हाम्रो पहिचान
हुनु हुँदैन हरण ।

अब गरिदिनु पर्‍यो
नेपाली ‘लहानिया’ आँप भनी,
हाम्रो नागरिकता प्रमाणीकरण ।

आँपको अचार- २

जब जब म गर्न खोज्छु
मैत्रीभावको संचार
सबैसँग प्रेमिल व्यवहार
आँप झैं गुलियो शिष्ट आचार
संसारले बनाइ छाड्छ
मेरो अचार !!
मौका पाए काँचो नै खाने हतार ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x