साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्चराका बिँडहरू

पढाइ राम्रो भए जनतामा चेतना आउँछ । अनि जनता सचेत भए भने यी गोरुलाई कसले भोट दिन्छ ? अनि यी गोरुले भोट पाएनन् भने यी स्वामी र सोंधियाजस्ता गोस्वामी (गोरुका मालिक) कसरी पार्टीका  सदस्य बन्छन् ?

Nepal Telecom ad

हरिशंकर  परसाईं :

अनुवाद :: रमेश समर्थन

स्वामी कृष्णानन्द (सोख्ता होइन ‘धब्बा’) अर्थात् भूतपूर्व छोटेलाल मास्टर, वर्तमान एम. एल. ए. (प्रदेश सांसद) ।
अनि खुबचन्द सोंधिया अर्थात् भूतपूर्व सोंधिया मास्टर र वर्तमान संसद् सदस्य (प्रतिनिधिसभा सदस्य) ।
दुबैले बन्चराको बिँडको काम गरे, आफ्नै वंशमाथि कुठाराघात गरे ।

सागरमा भएको शिक्षक दिवसको कुरो हो । शिक्षकहरूको एउटा सभामा भाषण गर्ने क्रममा दुबैले झन्डै यस्तै यस्तै उद्गार व्यक्त गरे …

‘शिक्षकहरूको तलब किन बढाउनुपर्‍यो ? उनीहरू के पो गर्छन् र ? दिनभरि उँघि त रहन्छन् नि !’
दुबै जना पहिले शिक्षक नै थिए । दुबै विद्यालयमा उँघिरहे र उँघ्दाउँघ्दै एक जना प्रदेश सभा सदस्य भए भने अर्का प्रतिनिधि सभा सदस्य ! कांग्रेसमा उँघन्तेहरूले नै पद पाउँछन् किनभने यदि जागेको रहेछ भने त गडबडी मच्चाउन सक्छ । यसरी त उसले हातै उठाउन सक्दैन । त्यसैले दुबैले उँघाइको जयकारा लगाउँछन् र प्रतिनिधि सभा तथा प्रदेश सभामा पनि उँघि नै रहन्छन् ।

बन्चरो बनाएर जब दाउरे वनमा रुख काट्न पुग्यो तब ऊ के कुरामा अल्झियो भने यस्तो बन्चराले रुख काटूँ त काटूँ कसरी ? त्यसै बेला एउटा बाँसले भन्यो, ‘मलाई लगेर त्यसमा लगाऊ अनि प्रहार गर न !’
अनि दाउरेले पनि त्यही बाँसको बिँड बनाएर बन्चरामा लगायो अनि एक एक गर्दै सबै बाँसहरू काट्यो । यसरी बाँसले बन्चरासित मिलेर आफ्नो वंशनाश गरायो ।

शासनका दाउरेले पनि जब शिक्षकलाई शोषणको बन्चराले काट्न थाले अनि कृष्णानन्द र सोंधिया तत्काल बिँड बनेर बन्चरामा लाग्न गए ।

राजनीतिका छलकपट, जाली सदस्य बनाउने प्रपञ्च, पाखण्ड, क्षुद्रता र शोषणमा लिप्त कांग्रेसीहरूलाई के थाहा शिक्षकको तलब किन बढाउनुपर्छ ! अनि शिक्षकले पनि खुसियालीको जीवन बाँचेको पो तिनीहरू किन चाहुन् ! हुन पनि हो नि ! शिक्षक सुखी भए पढाइ राम्रो हुन्छ । पढाइ राम्रो भए जनतामा चेतना आउँछ । अनि जनता सचेत भए भने यी गोरुलाई कसले भोट दिन्छ ? अनि यी गोरुले भोट पाएनन् भने यी स्वामी र सोंधियाजस्ता गोस्वामी (गोरुका मालिक) कसरी पार्टीका  सदस्य बन्छन् ?

त्यसैले अज्ञानको जय होस् ! पाखण्डको जय होस् ! कुलनाश धर्मको जय होस् !

०००
‘हरिशंकर प्रसाईं ग्रन्थावली’ भाग ६ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x