सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बन्चराका बिँडहरू

पढाइ राम्रो भए जनतामा चेतना आउँछ । अनि जनता सचेत भए भने यी गोरुलाई कसले भोट दिन्छ ? अनि यी गोरुले भोट पाएनन् भने यी स्वामी र सोंधियाजस्ता गोस्वामी (गोरुका मालिक) कसरी पार्टीका  सदस्य बन्छन् ?

Nepal Telecom ad

हरिशंकर  परसाईं :

अनुवाद :: रमेश समर्थन

स्वामी कृष्णानन्द (सोख्ता होइन ‘धब्बा’) अर्थात् भूतपूर्व छोटेलाल मास्टर, वर्तमान एम. एल. ए. (प्रदेश सांसद) ।
अनि खुबचन्द सोंधिया अर्थात् भूतपूर्व सोंधिया मास्टर र वर्तमान संसद् सदस्य (प्रतिनिधिसभा सदस्य) ।
दुबैले बन्चराको बिँडको काम गरे, आफ्नै वंशमाथि कुठाराघात गरे ।

सागरमा भएको शिक्षक दिवसको कुरो हो । शिक्षकहरूको एउटा सभामा भाषण गर्ने क्रममा दुबैले झन्डै यस्तै यस्तै उद्गार व्यक्त गरे …

‘शिक्षकहरूको तलब किन बढाउनुपर्‍यो ? उनीहरू के पो गर्छन् र ? दिनभरि उँघि त रहन्छन् नि !’
दुबै जना पहिले शिक्षक नै थिए । दुबै विद्यालयमा उँघिरहे र उँघ्दाउँघ्दै एक जना प्रदेश सभा सदस्य भए भने अर्का प्रतिनिधि सभा सदस्य ! कांग्रेसमा उँघन्तेहरूले नै पद पाउँछन् किनभने यदि जागेको रहेछ भने त गडबडी मच्चाउन सक्छ । यसरी त उसले हातै उठाउन सक्दैन । त्यसैले दुबैले उँघाइको जयकारा लगाउँछन् र प्रतिनिधि सभा तथा प्रदेश सभामा पनि उँघि नै रहन्छन् ।

बन्चरो बनाएर जब दाउरे वनमा रुख काट्न पुग्यो तब ऊ के कुरामा अल्झियो भने यस्तो बन्चराले रुख काटूँ त काटूँ कसरी ? त्यसै बेला एउटा बाँसले भन्यो, ‘मलाई लगेर त्यसमा लगाऊ अनि प्रहार गर न !’
अनि दाउरेले पनि त्यही बाँसको बिँड बनाएर बन्चरामा लगायो अनि एक एक गर्दै सबै बाँसहरू काट्यो । यसरी बाँसले बन्चरासित मिलेर आफ्नो वंशनाश गरायो ।

शासनका दाउरेले पनि जब शिक्षकलाई शोषणको बन्चराले काट्न थाले अनि कृष्णानन्द र सोंधिया तत्काल बिँड बनेर बन्चरामा लाग्न गए ।

राजनीतिका छलकपट, जाली सदस्य बनाउने प्रपञ्च, पाखण्ड, क्षुद्रता र शोषणमा लिप्त कांग्रेसीहरूलाई के थाहा शिक्षकको तलब किन बढाउनुपर्छ ! अनि शिक्षकले पनि खुसियालीको जीवन बाँचेको पो तिनीहरू किन चाहुन् ! हुन पनि हो नि ! शिक्षक सुखी भए पढाइ राम्रो हुन्छ । पढाइ राम्रो भए जनतामा चेतना आउँछ । अनि जनता सचेत भए भने यी गोरुलाई कसले भोट दिन्छ ? अनि यी गोरुले भोट पाएनन् भने यी स्वामी र सोंधियाजस्ता गोस्वामी (गोरुका मालिक) कसरी पार्टीका  सदस्य बन्छन् ?

त्यसैले अज्ञानको जय होस् ! पाखण्डको जय होस् ! कुलनाश धर्मको जय होस् !

०००
‘हरिशंकर प्रसाईं ग्रन्थावली’ भाग ६ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं