साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्याजमा के छ र ?

बाहुन भएकैले अब तरकारीमा प्याज खाइन्न ए अल्छे तिघ्रो स्वादे जीब्रो, ताली बजाएर डुक्री डुक्री प्याजगान गाइन्न अङ्गुर अमिलो भएजस्तो, मास्टरसाप, प्याजमा कुनै भिटामिन पाइन्न ।

Nepal Telecom ad

संप्रस पौडेल :

बाहुनले कुखुरो खान हुन्न
प्याजको नेप्से यसरी बढ्यो
मासुमा मासु जत्तिकै
प्याज हाल्नु परेपछि
ठीकै भनेका हुन् बुढापाकाले
बाहुनले प्याज छुन पनि हुन्न ।

‘प्याक’ छोड्ने चिज पाइन्छ,
गुट्खा तोड्ने जडिबुटी पाइन्छ
दिनदिनै उमेर ढल्कँदै गएपछि
थोत्रा मान्छेहरूको कुरा गढेको हो
प्याजको भाउ होइन बरू
मेरो लाजको भाउ बढेको हो ।

व्यापारीहरू विज्ञापन गराउलान्
प्याजमा ओमेगा पाइन्छ ।

बलिउडको हिरोले भन्ला-
उठेगा खाइन्छ, बसेगा खाइन्छ ।

कलिउडकी हिरोइन भन्ली-
प्याज निदाउन चाहिन्छ, ब्युँझन चाहिन्छ ।

पत्रकारले लेख्ला-
प्याज रहस्य हो, रोचक हो ।
सम्पादकले सच्याउला-
प्याज ऐतिहासिक द्योतक हो ।

डाक्टरहरू सिफारिस गर्लान्-
प्याजले शरीर सुगठित बनाउँछ ।

उद्योगपतिले दिमाग लाउला-
प्याजका स्वादमा चकलेट बन्लान्
पिरो प्याज चिप्स बन्लान्
अमिलो प्याज चाउचाउ बन्लान्
मगमग प्याज कुरमुरे बन्लान्
तिनले
एउटा डाक्टरलाई विज्ञापन गराउलान्
भनाउलान्
– प्याजले मुटु बलियो हुन्छ
– प्याजले फोक्सो रसिलो हुन्छ
– प्याजले किड्नी कसिलो हुन्छ
– प्याजले दिसा सजिलो हुन्छ

प्याजको भाउ बढेदेखि हजुर्बाको सूत्र मान्दैछु-
बाहुन भएकैले अब तरकारीमा प्याज खाइन्न
ए अल्छे तिघ्रो स्वादे जीब्रो,
ताली बजाएर डुक्री डुक्री प्याजगान गाइन्न
अङ्गुर अमिलो भएजस्तो,
मास्टरसाप,
प्याजमा कुनै भिटामिन पाइन्न ।

०००
हेटौँडा- ५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x