साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फैसला गर्नुस् श्रीमान

को प्रधानमन्त्री हुनु पर्ने हो, को नहुनु पर्ने हो मन्त्री को हुनुपर्ने हो, को नहुनु पर्ने हो, त्यो पनि फैसला ठोकिदिनुस् श्रीमान घघडान नेताहरूले अधिकार जति अदालतलाई बुझाएकै छन्

Nepal Telecom ad

सुरज साउद :

यो देश तपाइँ को पनि त हो श्रीमान
नेताहरूले मात्रै कहाँ सक्न पाइन्छ र ?
तपाईंको भागमा पर्ने हिस्सा त
तपाईंले नै सक्न पाउनु पर्‍यो नि होइन र ?

अपाङ्ग बनाएर
राज्यका सवै अङ्गहरू
घगडान नेताहरूले
शक्ति जति सवै
इजलासमा बुझाएकै छन्

सर्वाधिकार सम्पन्न भएको बेला
प्रभुहरूलाई खुशी पार्ने
यो भन्दा उपयुक्त अवसर
सायदै आउला श्रीमान
स्वर्ग त तपाईंलाई पनि त जानु छ !

सर्वोच्च न्यायालयको शक्ति प्रयोग गर्नुस्
र, जसो गर्दा प्रभूको आशिर्वाद प्राप्त हुन्छ
त्यस्तै फैसला गर्नुस्
आखिर अन्तिम व्याख्याता तपाई नै हो
आखिर हामी रैती न हौं ?
प्रश्न उठाउने अधिकार राख्दैनौ क्यारे !
चुपचाप सहिदिउँला श्रीमान !

देश र जनताको केही चिन्ता नलिनुस् श्रीमान
त्यो काम पशुपतिनाथलाई छोडिदिनुस्
तपाईं आफ्नो भलाई हेर्नुस्
जे गर्दा प्रभूको आशिर्वाद प्राप्त हुन्छ
र, चाँडै स्वर्ग जान पाइन्छ
त्यस्तै फैसला गरिदिनुस् … श्रीमान !!

संविधानका धारा हेर्नुस्
कानुनका दफा हेर्नुस्
दक्षिण वा उत्तर जता फर्किनु छ फर्किनुस्
जे गर्दा अस्थीरता बलियो हुन्छ
जे गर्दा देश असफल हुन्छ
त्यही फैसला गर्नुस् श्रीमान !

निर्वाचन हुनै नसक्ने अवस्था देखेमा
मिति तोकेरै निर्वाचन गर्नुपर्ने फैसला गरिदिनुस्
कसैको सरकार बन्न नसक्ने अवस्था देखेमा
संसद व्युँताइदिनुस्
जे गर्दा देश असफल हुन्छ
त्यही फैसला गरिदिनुस् श्रीमान !

को प्रधानमन्त्री हुनु पर्ने हो,
को नहुनु पर्ने हो
मन्त्री को हुनुपर्ने हो, को नहुनु पर्ने हो,
त्यो पनि फैसला ठोकिदिनुस् श्रीमान
घघडान नेताहरूले अधिकार जति
अदालतलाई बुझाएकै छन्

अरु-अरुले कोमामा पुर्‍याएको देशलाई
आर्यघाट पुर्‍याइदिनुस् श्रीमान
आखिर तपाईं पनि त
सतीले सरापेकै देशको न्यायमूर्ति त हो नि ..!

०००
अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x