साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हात्ती हुनु’ र ‘हात्ती छाप हुनु’ फरक होइन र ! हजुरबुवा ?

कर्णालीका जनतालाई नून तेल खुवाउने सवारी खच्चर मार्ने खिड्कीज्यूलाका पुल समेटिएन यसपालि पनि हुन्छ भन्ने माननीयहरूले हुन्छ भन्ने छन् हुन्छ भन्ने माननीयहरूको बहुमत पुग्नेछ ।

Nepal Telecom ad

सुरज साउद :

सधैँ झै यसपालि पनि
जेष्ठ १५ गते बजेट आयो हजुरबुवा !
आयको अनुमान छ,
व्ययको अनुमान छ,
राजस्व छ,
चालु खर्च छ,
पूँजीगत खर्च छ,
जनताको टाउकोमा खर्बौको ऋण थोपर्ने कुरा छ,
ब्याज तिर्ने कुरा छ,
त्यसैले सधैँ झै यसपालि पनि
संविधानले तोकेकै मितिमा
ठ्याक्कै ‘बजेट’ जस्तै बजेट आएछ… हजुरबुवा !!

बन्द भएको कृषि औजार कारखाना सञ्चालन गर्न
फकीर जस्तै महिनौदेखि
देश दौडाहामा हिँडेको महावीर पुनः चिनेन बजेटले,
दिनको हजारौं र महिनामा लाखौंको सङ्ख्यामा
देश छोड्न आतुर भएर
एयरपोर्टमा लाम लागेका युवाहरू देखेन,
विद्यार्थीको अभावमा
बन्द भइरहेका स्नातक तहभन्दा माथिका शिक्षण संस्था पनि थाहा पाएन,
दिनप्रतिदिन मान्छेविहीन बन्दै गएका उजाड बस्तीहरू पनि जानेन बजेटले,
दिनप्रतिदिन मरुभूमि बन्दै गएका बाँझा खेत र खलीयानहरू देखेन ‘बजेट’ ले,

निशुल्क तथा अनिवार्य शिक्षाको
संवैधानिक व्यवस्था सरोकारको विषय बनेन बजेटको,
न्यून वेतनमा काम गरिरहेका
बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू
मतलवका विषय ठानेन बजेटले,
५२ वर्षदेखि आउन नसकेको
शिक्षा ऐनलाई प्राथमिकताको विषय मानेन ‘बजेट’ ले

बरू, युवाहरूलाई देश निकाला गरेपछि
देश ‘रामराज्य’ बन्छ भन्ने कुरा ठ्याक्कै जान्यो,
प्रधानमन्त्री छोरी कार्यक्रमबाट
देश समृद्ध बन्छ भन्ने ‘सत्बुद्धि’ जन्मायो बजेटले,
आधा पेट खाएर बाँचिरहेका
बाल विकासका शिक्षकहरूलाई पेटभर खाने व्यवस्थाले भन्दा
‘बुट्स’ नामको तालिम दिएपछि
शिक्षाको गुणस्तर बढ्छ भन्ने गजबको सिद्धान्त प्रतिपादन भयो हजुरबुवा !

समृद्ध नेपाल र सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षाका परिकल्पनाकारहरू,
समाजका अग्रगामी रुपान्तरणका लागि हजारौंको वलिदानीको नेतृत्वकर्ताहरू,
र, जान्नेलाई छान्ने अभियानकर्ताहरू सँगै भएर होला
बजेट ठ्याक्कै ‘बजेट’ जस्तै आएछ… हजुरबुवा !!
कर्णालीका जनतालाई नून तेल खुवाउने सवारी खच्चर
मार्ने खिड्कीज्यूलाका पुल समेटिएन
यसपालि पनि
हुन्छ भन्ने माननीयहरूले हुन्छ भन्ने छन्
हुन्छ भन्ने माननीयहरूको बहुमत पुग्नेछ
र, पारित भएको घोषणा हुनेछ ।

तर ‘हात्ती हुनु’ र ‘हात्ती छाप हुनु’ फरक होइन र !
हामीले नबुझेको कि हाम्रा सरकारहरूले नबुझेका हजुरबुवा ?

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x