साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिक स्लो-प्वाइजनिङ

यिनले एउटा ठुलो फल्याक बग्दै गरेको देखे अनि त्यसैमा बसे । आपसमा शत्रु, यिनीहरूले के निणर्य गरे भने अब हामी एउटाले अर्कामाथि थुकौं, गालीगलौज गरौं तर सबै जना डुब्ने गरी यति घचेडाघचेडचाहिँ नगरौं ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं ;

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

आखिर यो जनता पार्टी यति छिटोछिटो किन टुट्छ भनेर मानिसहरू आश्चर्यमा छन् । किन यो आत्महत्या गर्न उत्सुक छ ? यसले प्रतिदिन कि त धतुरो खान्छ, कि टिक ट्वेन्टी खान्छ कि सिसा निल्छ । कहिले हामफाल्न भन्दै इनारका डिलमा पुग्छ भने कहिले रेलको लिकमा सुत्न पुग्छ ।

वास्तवमा जनता पार्टीलाई आफ्नो जीवनप्रति कुनै विश्वास छैन, त्यसैले उसलाई हतार छ । कांग्रेसलाई त मैले अनन्त कालसम्म राज गर्ने हो भन्ने कुरामा विश्वास थियो, त्यसले त्यसलाई हतार थिएन । न टुट्ने हतार न मर्ने हतार । तर जनता पार्टीलाई त पाँच वर्ष बाँच्ने विश्वास नै छैन । त्यसैले प्रत्येकलाई हतार छ ।

यदि कसैलाई तिमी एक वर्ष मात्र बाँच्छौ भनेर भनिदिने हो भने उसले सोच्न थाल्छ, जम्मा एक वर्षको त जीवन छ । त्यसपछि त बाँच्नु नै छैन । त्यसैले जबसम्म जिन्दगी छ मोजमज्जा गर भाइ । अनि ऊ रम र मममा रमाउन थाल्छ, वेश्यावृत्ति गर्न थाल्छ र छ महिनाभित्रै मर्छ । यस्ता मान्छेलाई त जयप्रकाश नारायण र कृपलानीले नै सम्झाउलान्, ‘ए बाबु, यो के गर्न थालेका हौ ? अलिकति आफ्नो स्वास्थ्यको त ख्याल गर ।’ अनि उसको उत्तर हुन सक्छ, ‘कस्तो स्वास्थ्य ? अरे ! जब एक वर्ष मात्र बाँच्नु छ भने मोजमज्जा किन नगर्ने ?’

जनता पार्टी एउटा यस्तो प्राणी हो जसलाई प्रकृतिको विचित्रता भन्न सकिन्छ । यसको आकार त मनुष्यको छ तर टाउको बाह्रसिङ्गेको, मस्तिष्क बाँदरको, मुख भालुको, मुटु खरायोको, पेट हात्तीको र खुट्टा घोडाको छ । बाह्रसिङ्गेको टाउकाले त आक्रमण गर्न खोज्छ तर खरायोको मुटुले रोकिदिन्छ । घोडाका खुरले दगुर्न खोजे भने बाँदरको दिमागले उही चकचक गराउन थाल्छ । भालुले खाऊँ खाऊँ गर्छ तर हात्तीको पेट कहिल्यै भरिँदैन ।

जनसंघको भूमिका स्यालको जस्तो छ । त्यो यो जनावरमा रहेर पनि यसमा छैन । जनता पार्टीको यस जङ्गलमा जनसंघ स्याल हो । यसले सबैलाई बुद्धू बनाइदिन्छ । सिंहको नजिक गएर भन्छ, ‘त्यो हात्ती छ नि महाराज ! त्यसले तपाईंलाई राजा नै मान्दैन । त्यस छुसीको यत्रो साहस !’ अनि फेरि हात्तीसँग गएर भन्छ, ‘तपाईंको यत्रो एमानको जिउज्यान अनि त्यो पित्रे सिंहले आपूmलाई जङ्गलको राजा मान्ने ?’

यससित पनि मिठा कुरा र उससित पनि मिठा कुरा । अगाडि पर्दा केही र पछाडि पर्दा केही । कपासको धुनियाँ आफ्नो काँधमा पिजन र अर्को हातमा मुठिया (पिजन भनेको लौरोजस्तामा छालाको डोरी बाँधिएको साधन र मुठिया भनेको डोरीमा हान्ने काठको बेलनाजस्तो साधन जसले फटकारेर कपासलाई टुक्रा पारिन्छ ।) लिएर कपास धुन्न (फटकार्न) जाँदै थियो । बाटाको छेउमा बसेर स्यालश्रेष्ठ घाम तापिरहेका थिए । स्यालले भने –
काँधमा धनुष हातमा बाना
कहाँ हिँड्यौ दिल्ली सुलताना ?
अनि हाँके भीम भए चौगुना भनेझैं धुनियाँ फुलिएर कुभिन्डो भए । उनले जवाफ फर्काए –
जङ्गलको राजा फलको खाना
निकै महत्त्वको कुरा पहिचाना !
धुनियाँ अलिक अगाडि के बढेका थिए स्यालजी कराए –
काँधमा पिजन हातमा मुठिया
कहाँ हिँड्यौ ए धुनियाँ दुखिया ?

यता धुनियाँ रिसाएर फर्के उता स्यालजी चङ्गाचइट भइसकेका थिए ।
तर हरेकलाई आफ्नो इतिहास बनाउने अधिकार छ । क्षयरोगको रोगीलाई पनि आफ्नो इतिहास बनाउने अधिकार रहन्छ भने जनता पार्टीलाई पनि छ । अनि ऊ बनाउँदै छ । पश्चिममा नाङ्गाहरूको पनि क्लब छ । उनीहरूले नग्नताको दर्शन बनाएका छन् । यी जनताका नेताहरूले भारतीय संस्कृतिबाट आफूलाई यसरी ढाकेर (?) राखेका छन् जसरी ‘सत्यम् शिवम् सुन्दरम्’मा जिनत अमानले आफ्नो नग्नतालाई ढाकेकी हुन्थी ।

हरेक नेताले अर्काको धोती फुस्काउँछ । केहीले सुरुदेखि नै केवल भित्री कट्टु मात्र लगाएका छन् । अनि यिनीहरूको इजार तान्नासाथ यी नाङ्गा हुन्छन् । चरणसिंहले त कान्तिभाइको इजार तानेर मोरारजीलाई नङ्ग्याउँदै छन् । भर्खरै मधुवलियेले पनि इजार ताने । कान्तिभाइले असी लाख रुपैयाँ जनता पार्टीको चुनावकोषका निम्ति जम्मा पारे भन्ने भनाइ छ उनको । किन गरे यसो ? कुन हैसियतले गरे ? अनि नाङ्गोपनका पुराना गुरु चन्द्रभानु गुप्तले मधुलिमयेको कट्टुको इजार तानिदिए । भने, कान्तिभाइ त चुनाव कोष समितिका सदस्यको सदस्य हो । उसले मेरो आदेशले पैसा जम्मा गरेको हो ।

तर मधुलिमये र नानाजी देशमुख तथा उनका मानिसहरूले जुन पैसा जम्मा पारेका थिए त्यो किन जम्मा गरेनन् त ? त्यो पैसा कहाँ छ ? त्यो त उनले आफ्नै गुटवालाहरूलाई बाँडिदिएका थिए ।

हजार वर्षपछि इतिहासको विद्यार्थीले पढ्नेछ – १२ अगस्त, १९७८मा एउटा त्रूmर कविलासमूहले दिल्लीमाथि आक्रमण गरेको थियो । यस कविलाको सरदार चरणसिंह नामको एउटा दुस्साहसी योद्धा थियो । त्यो तुफानी जत्था ढुङ्गामुढाले लैस थियो । यी आक्रमणकारीहरू यस्तो नारा लगाउँदै थिए – लाठीगोली खाने छौं, चरणसिंहलाई बचाउने छौं । यिनीहरूले मोरारजी देसाईको गढीमाथि आक्रमण गरे ।

राजाका रक्षक दल र आक्रमणकारीका बिचमा जमेर युद्ध भएको थियो । आक्रमणकारी कविलावालाहरू लखेटिए । गढी पराजित हुँदाहुँदै जोगियो । कबिलाको सरदारले अझै ठुलो फौज लिएर आक्रमणको तयारी गर्न थाल्यो । यस आक्रमणबाट महमूद गजनवी तथा चङ्गेज खाँको आक्रमणको स्मृति ताजा भयो । सरदार चरणसिंह जब गढीमाथि आफ्नो झन्डा गाड्न पुगे युद्धस्थलमा छरिएका इँटा, ढुङ्गा र घाइते योद्धाहरू देखिए ।
यसरी रोगीले असंयम गरेर चाँडै नै मर्ने प्रयास गरिरहेको छ तर त्यसलाई बचाउन पटकपटक सम्झौताको अक्सिजन दिइँदै छ ।

फेरि पनि एउटा सम्झौताको अक्सिजन दिइने छ ।
यी नेताहरूका आफ्ना डुङ्गा त डुबिसकेका थिए । यिनले एउटा ठुलो फल्याक बग्दै गरेको देखे अनि त्यसैमा बसे । आपसमा शत्रु, यिनीहरूले के निर्णय गरे भने अब हामी एउटाले अर्कामाथि थुकौं, गालीगलौज गरौं तर सबै जना डुब्ने गरी यति घचेडाघचेडचाहिँ नगरौं ।
तर लहरहरू भने ठुल्ठुला उठ्दै छन् ।

०००
परसाई रचनावली भाग ४ को ‘राजनैतिक स्लो प्वाइजनिंग’ शीर्षक बाट नेपालीअनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x