साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मरे पनि मेरो ‘झोला’ बाँचिरहोस् !!

“मुसाहरूकै कचहरी” डाक्छु, “मुसाहरूकै सल्लाह” लिन्छु, “मुसाहरूकै सवारीमा” चड्छु मुर्ख कुमारहरू सुमेरु पर्वत परिक्रमा गर्न जान्छन् र, पराजित हुन्छन् म भगवानको परिक्रमा गर्छु, र, प्रथम हुन्छु । “म मरे पनि मेरो झोला बाँचिरहोस् !”

Nepal Telecom ad

सुरज साउद :

विश्वास छैन मलाई मेरो कलममा,
शंका छ, मलाई मेरो आफ्नै योग्यतामा,
स्वाभिमान, इमान मिल्काएर रच्छानमा,
म रमाइरहेको छु, भिरेर अर्कैको झोला
जुन झोलाभित्र विचार अर्कैको छ, दृष्टिकोण अर्कैको छ,
जुन झोला भित्र सपना अर्कैको छ, विपना अर्कैको छ !

खुशी छैन म विश्वविद्यालयका उपाधिसँग
सन्तुष्ट छैन म अनुसन्धानका गहन निष्कर्षमा
मतलब छैन मलाई विद्यालयका कक्षाकोठाहरूसँग
किनकी, मसँग झोला छ,
दन्त्य कथाको समाजवादले भरिएको,
एकादेशको प्रजातन्त्रले भरिएको !!

मान्नुस् यो जादूको झोला हो,
सम्झिनुस् यो चमत्कारिक झोला हो,
जुन झोला भिरेपछि क्रमभङ्ग हुन्छ मेरो दर्शनमा,
वुर्जुवा शिक्षाले छलाङ्ग हान्छ जनवादी शिक्षामा,
कायापलट हुन्छ देश,
के मात्रै हुँदैन भनन ? सब थोक हुन्छ,
शिक्षा वैज्ञानिक र व्यवसायिक हुन्छ,
त्यसैले झोलेहरूको सम्मेलनमा म सगर्व घोषणा गर्छु,
मैले बोकेको झोला महान् तथा गौरवशाली छ,
संसारकै अब्बल छ र उत्कृष्ट छ ।

खबरदार !!
औंला नठड्याओस् कसैले मेरो झोलाप्रति,
यो मेरो मान, सम्मान सबथोक हो,
झोला बिनाको जिन्दगी अहँ मेरो कल्पनामा पनि छैन्,
यो झोला भिरेपछि मलाई
गौतमबुद्धको ज्ञान त मेरा मालिकको
ज्ञानका अगाडि केही जस्तो लाग्दैन,
सगरमाथाको उचाइ त मेरा मालिकको उचाइभन्दा त
कहाँ हो कहाँ बाउन्ने लाग्न थाल्छ,
त्यो समयमा मेरा मालिक नजन्मेकोले मात्रै
पृथ्वी नारायण शाहको चुरीफुरी चलेको हो !
भिमसेन थापाका पालामा मेरा मालिक भएको भए
अंग्रेजहरूले नेपालसँग लड्ने होइन,
आत्मसर्मपण गरेर बेलायती साम्राज्यको चाबी
मेरा मालिकलाई बुझाउथे भन्ने कुरामा शंका छ र ?

मैले बोल्ने आवाजको भाषा उसैको हो,
मैले नाच्ने नृत्यको ताल उसैको हो,
मैले हेर्ने आँखाको दृष्टि उसैको हो

मेरो चेतनाको सृष्टि उसैको हो,
को हौ तिमी ?
मलाई विद्यालय जाऊ भन्ने ?
को हौ तिमी किताब समाऊ भन्ने ?
यतिबेला भजन गाउन
अर्‍हाउनु भएको छ मेरा मालिकले,
को हौ तिमी ? अन्यायको विरोध गर भन्ने !
आदेश छ मलाई मालिकको
आवाज निकाल्दा पनि ध्यान दिनु भन्ने
कतै उहाँको निन्द्रामा खलल नपुगोस् !!

तिमी जस्तो मुर्ख कुमार होइन मँ,
म त बुद्धिमान गणेश हुँ
तीब्र उडान भर्ने मयुरहरू पर्दैनन् मेरो प्राथमिकतामा,
म त धुँइपाताल दुलाभित्र पसेका मुसाहरू खोज्छु,
“मुसाहरूकै कचहरी” डाक्छु,
“मुसाहरूकै सल्लाह” लिन्छु,
“मुसाहरूकै सवारीमा” चड्छु
मुर्ख कुमारहरू सुमेरु पर्वत परिक्रमा गर्न जान्छन्
र, पराजित हुन्छन्
म भगवानको परिक्रमा गर्छु, र, प्रथम हुन्छु ।
“म मरे पनि मेरो झोला बाँचिरहोस् !”

०००
अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x