महेन्द्र उपाध्यायक्या मज्जा !

एम्.पी. कियरलेस
आफैले आफैलाई समेटूँ, क्या मज्जा ।
आफैमा म, तिमीलाई देखूँ , क्या मज्जा ।
खालीनै खाली होस् , म हिँड्ने बाटो
तिमि बिना एक पाईला, नटेकुँ क्या मज्जा ।
सायद तिमीनै तिमी देखिनेछौ राधे
जब जब म आफैलाई, लेखूँ क्या मज्जा ।
सँगै बसूँ , सँगै खेलूँ ,सँग सँगै खाऊँ
आफैलाई समातूँ आफैलाई लखेटूँ क्या मज्जा ।
उसैको “गरिमा”, उसैको तारिफ
लेखूँ , मेटूँ, लेखूँ , मेटूँ क्या मज्जा ।
०००
लम्कीचुहा, कैलाली
Subscribe
Login
0 Comments
Oldest








































