साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय काठमाडौं

विसङ्गत प्रवृत्तिलाई सर्वनाश गर्न यो लौरो सधैं खडा भइरहनेछ । तिम्रो गुम्न लागेको परिचय, अस्तित्व फिर्ता ल्याउन यो लौरो कहिल्यै भाँच्चिने छैन । सर्प मर्छ तर यो लौरो भाच्चिँदैन । मेरो विश्वास गर ।

Nepal Telecom ad

रेहित सैजु :

ए ! काठमाडौं, के छ खबर ?
मलाई थाहा छ, तिमी चिन्तित छौ। भित्र भित्रै प्रताडित छौ । मान्छेको नीति अनि नियति देखेर देखेर अवाक भएका छौ । राजधानी भनेर कहलिएको तिम्रो गर्विलो छातीमाथि फोहोरको डङ्गुरको भङ्गुर थुप्रिएको छ । जुगल हिमाल, गणेश हिमालबाट सुस्किँदै आउने चिसो बतासमा धूलो धुवाँ लगायत हानिकारक ग्याँसको समिश्रण हुँदा तिम्रो श्वासप्रश्वासमा कठिनाई आएको मैले बुझेको छु । बागद्वारबाट तिम्रो नशा धमनी हुँदै प्रवाहित पवित्र बागमती गोकर्णेश्वर नआइपुग्दै दुर्गन्धित ढलमा परिणत हुँदा स्वयम्भूका दुई आँखाबाट अनियन्त्रित आँसु बगेको मैले देखिरहेको छु ।

म तिम्रो सानिध्यमा आएको आधा दर्जन वर्ष बढी भयो । परको कुना रामेछापबाट उज्जवल भविष्यको लागि अशेष सङ्कल्प अनि अपार विश्वासका ठेली बोकेर तिमीभित्र अवतरण गरेको थिएँ । तिमीमाथि नृशंस गोरिल्ला चिम्पान्जीहरूले दोहन गरेर तिम्रो परिचय, अस्मिता, अस्तित्वमाथि राज गरिरहेका रहेछन् । तिम्रो मुटु छिया छिया भइसकेको रहेछ। त्यसो त मैले पनि मलाई ‘म’ जस्तो बनाउन सकिनँ । यस्तो लाग्छ तिमी सापटीमा आफ्नो जीवन व्यथित गरिरहेका छौ । तिमीले आनन्दको सुस्केरा लिन छोडिसक्यौ या बिर्सिसक्यौ । तिमीलाई श्वास फेर्न पलपलमा कठिनाई छ । शुद्ध अक्सिजन लिन नपाएर तिम्रो फोक्सोमा कालो दाग लागिसकेको रहेछ । तिम्रो कल्कलाउँदो शरीरमाथि कृत्रिम हवेलीहरू ठडिरहँदा तिमीमाथि झन् भार थपिँदा। हातखुट्टा चलाउन नपाएर प्यारालाइज भएका छौ ।

प्रिय काठमाडौं, मैले तिम्रो समस्या बुझेको छु। गोरिल्लाहरू तिम्रो गर्भभित्र परिवर्तनको निहुँमा पसेर लात हान्दै विकास तुहाइरहेका छन् । तिमीमाथि यी नरपिचासहरू स्वार्थको र्यालग्रन्थी चुहाइरहेका छन् । प्रतिगमनकारीको दुराचार अतिवाद देखेर मैले पनि आफ्नो मन थाम्न सकिरहेको छैन । भरिला रगत चुसेर किर्नुहरू तिम्रो जिउ भरि टाँसिरहेका छन्। बाँदर प्रवृत्ति हावी बनाएर गोरिल्ला, अरिङ्गालहरूले तिम्रो अस्तित्व माँसिरहेका छन् । तिमीलाई आर्थिक, सामाजिक, प्राकृतिक सबै सबैबाट प्रदूषित बनाइरहेका छन्। तिमीलाई बलिको बोको बनाएर हर्ष उल्लास मनाइरहेका छन् । तिमीलाई देख्नेहरू तिम्रो कुरा काटेर मजाक गर्छन् । व्यङ्ग्यको पात्र बनाउँछन् । तिम्रै खाेइरो खनेर, गीत, कविता चुड्किला सुनाएर पेटमा रोटी भर्नेसम्म छन् । तिम्रो सुक्न लागेको आत्मालाई झन् सुकाउन तल्लीन छन् । कठै ! ती दानवीय आत्माहरू..।

लाटोकोसेरोहरूको एउटा झुण्ड छ जसले तिमीलाई जतिबेला मनलाग्यो उतिबेला आफ्ना तीखा नङ्ग्रा प्रदर्शन गरेर चिथोर्न मनपराउँछन् । कहिले ढल निकास भन्यो.. कहिले मेलम्ची आयोजना । हुँदाहुँदै अहिले तिमीमाथि नै थुप्रिएको लथालिङ्ग बिजुलीका तार खम्बा हटाएर अण्डरग्राउण्ड गर्ने भन्दै अव्यवस्थित घान हालिरहेका छन् । स्मार्ट सिटी बनाउने रे .. मोनो रेल गुडाउने रे तिम्रो निर्दोष छातीमाथि । टिठलाग्दो योजनाका मैला कसिङ्गर कार्यक्रम तिमीमाथि खनाइराख्दा तिमीलाई खुब रिस उठ्दो हो । दुखेको चित्त झन् दुख्दो हो।

तिमीलाई आफ्नो अस्तित्व रक्षा गर्न हम्मे हम्मे परिसक्यो। तिमीलाई देख्न, तिमीलाई स्पर्श गर्न टाढा टाढाबाट आउने पाहुनाहरू अचेल तिम्रो नाम सुन्दैमा नाँक छोप्ने, मुख बङ्ग्याउने गर्छन् । गिद्धेहरूले तिमीमाथि नजर गाड्न छाडेका छैनन् । तिमीलाई दुरुपयोग गरेर मसानहरू अकर्मण्य बनाइरहेका छन् । यी सबै कारुणिक दृश्य देखेर मलाई पनि निकै नरमाइलो लाग्दछ।

प्रिय काठमाडौं, म पनि तिमी जस्तै एक्लो स्वतन्त्र छु । तिमीलाई एउटा वाचा दिनु छ। तिम्रा यावत् व्यथाहरू र घाइते मुटुलाई उन्मुक्ति दिलाएर तिम्रो अस्तित्व सुरक्षाको खातिर म आफ्नो मूल्य चुकाउन तयार छु । विभिन्न कुचो खरेटोले बढार्न नसकेको फोहोरको डङ्गुर अनि पङ्खाको हावाले समेत उडाउन नसकेको गोरिल्लाको तन्त्र साथै तिनका झारे मन्त्र खत्तम पार्न गतिलो आँट साहस भरेर बलियो लौरो लिएको छु । तिम्रो शिथिल शरीरको उपचार गर्न यो लौरो सधैं तत्पर रहने छ। तिमीलाई डसिरहेका विषालु गोमनहरू अब एकएक गर्दै मर्नेछन् । विसङ्गत प्रवृत्तिलाई सर्वनाश गर्न यो लौरो सधैं खडा भइरहनेछ । तिम्रो गुम्न लागेको परिचय, अस्तित्व फिर्ता ल्याउन यो लौरो कहिल्यै भाँच्चिने छैन । सर्प मर्छ तर यो लौरो भाच्चिँदैन । मेरो विश्वास गर ।

०००

नैकाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x