साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो लडाईं भ्रष्टाचार विरुद्ध

झापा गौरादह निवासी हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ०८० भदौ ९ गते बागमती बोर्डिङ स्कूल, सुकेधारामा आयोजित ‘फित्कौलीको खित्कौली सभा-२’ अन्तर्गत पुस्तक लोकार्पण तथा सम्मान समारोहमा फित्कौली अनलाइन मिडियाले ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार-२०८०’ समर्पण गर्दै छ । नेउपानेलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । प्रस्तुत छ उहाँको एउटा व्यङ्ग्य कविता :

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

सम्माननीय राष्ट्रपति भन्नुहुन्छ
देशमा भ्रष्टाचार छ
सम्माननीय प्रधानमन्त्री भन्नुहुन्छ
देशमा भ्रष्टाचार छ
प्रतिपक्षी नेताले,
एताले तेताले सबैले भन्नुहुन्छ
देशमा भ्रष्टाचार छ
हैन, त्यो भ्रष्टाचार चैं बस्छ कहाँ ?

सुन्नु हुन्छ ?
त्यो भ्रष्टाचार कहाँ बस्छ ?
ल सुन्नुहोस्
भ्रष्टाचार इस्टिमेटमा छ
भ्रष्टाचार डि पि आरमा छ
भ्रष्टाचार खरिद बील बजेट र व्यापारमा छ ।
भ्रष्टाचार कमिसनमा छ
सेवग्राहीलाई अनावश्यक दुखदिने मिसनमा छ
नियम भूत देखाएर
साउनदेखि चैतसम्म झुलाउँने नियतमा छ
अधिकारीको इधर उधर कैफियतमा छ
पाइला पाइलामा छ भ्रष्टाचार ।

मेयर साबको कमजोरीमा छ
इन्धन तेल चोरीमा छ
एक चौथाई मात्र भ्याट तिर्ने व्यापारीमा छ
ठूला बडाको सवारीमा छ
ढिला सुस्तीमा छ
पक्ष प्रतिपक्षको कुस्ता कुस्तीमा छ
रिक्सा ठेलामा छ
देश विदेश यात्राको झमेलामा छ
पानीमा छ बिजुलीमा छ
तमर काबेली र त्रिसुलीमा छ ।
सबैको अङ्गालोमा
हर नदीको भङ्गालोमा
लुटको गीत विरुद्धको गालीमा
गालीको विरुद्ध बजाइएको तालीमा
हर गल्लीमा
सुनमा नुनमा
यत्र तत्र सर्वत्र छन भ्रष्टाचारकै धूनमा
घर घडेरी खेतीबारी
जोड्दै हिंड्छन् भ्रष्टाचारी

भ्रष्टाचार भन्सारमा छ
भ्रष्टाचार धन्सारमा छ
सडकको अलकत्रमा छ
योजनाको पत्रपत्रमा छ
त्यसैले
आदरणीय श्रद्धेय
नेतागण आफ्नू भाषणमा भन्नुहुन्छ
देशमा भ्रष्टाचार छ
तर
आफूतिर औँला फर्काइदिने कसले
भ्रष्टाचार अन्त्य गर्ने कसले ?

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x