साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुनु छैन मलाई भानुभक्त

बिक्ने कुरा पो लेख्नु पर्छ फाइदा कहाँ छ देख्नु पर्छ बाँचुन्जेल भाइरल भइयो भने एक पद नछोडी अर्को पदमा बस्न पाइयो भने किन हुनु पर्यो मलाई भानुभक्त !

Nepal Telecom ad

नारायण भट्टराई

जे ने ते ने कविता कोरेकै छु
कनीकुथी कविताले
फेसबुकको भित्तो भरेकै छु
लाइक र कमेन्ट पाएकै छु
सामाजिक सञ्जालमा
च्याउ सरी उम्रिएका कविका लिस्टमा
एउटा ठाउँ पाएकै छु
किन हुनु पर्यो मलाई भानुभक्त !

फेसबुके कविका कविते किच किचको रमिता हेरेकै छु
सस्तो कविको बिल्ला पाएकै छु
गोष्ठी गोष्ठी धाएकै छु
महिनामा दुइ चार वटा कदर पत्रले
सामाजिक सञ्जालको भित्तो रंग्याएकै छु
किन हुनु पर्यो मलाई भानुभक्त !

कवितामा राजनीति घोलेकै छु
विदेशी नेपाली भए पनि टाउकामा स्वदेश बोकेकै छु
दिनमा एउटा महावाणी फेसबुकको भित्तामा ठोकेकै छु
किन हुनु पर्यो मलाई भानुभक्त !

लेखिसकेपछि जे लेखे पनि कविता भइ हाल्छ
हजारौं का हात हातमा गइहाल्छ
कहिले आलु शीर्षक राखेर पिँडालुको बारेमा लेख्यो
कैले पिँडालु शीर्षक राखेर
पिरती लाउनेहरुले देशको विकास गरेनन् भनेर
नेतालाई गाली गरेर लेख्यो
जे लेखे पनि बिकेकै छ
फ्यान प़mलोइङ्ग यसरी नै टिकेकै छ
किन हुनु पर्यो मलाई भानुभक्त !

कुवा खनाएको कथा लेखेर के फाइदा
बाँडेर धनी भइन्छ ?
बिक्ने कुरा पो लेख्नु पर्छ
फाइदा कहाँ छ देख्नु पर्छ
बाँचुन्जेल भाइरल भइयो भने
एक पद नछोडी अर्को पदमा बस्न पाइयो भने
किन हुनु पर्यो मलाई भानुभक्त !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x