साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम साधारण सभा

साधारणसभाको उद्घाटन त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी र्राईले पानसमा बत्ती बालेर र्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईले गर्नु भएको थियो ।

Nepal Telecom ad

गाईघाट, उदयपुर ०८० असार ३० । उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम साधारण सभा शनिबार गाईघाटमा सम्पन्न भएको छ । गाईघाट स्थित नेपाल निजामती कर्मचारी संगठनको भवनमा भएको सो साधारणसभाको उद्घाटन त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी र्राईले पानसमा बत्ती बालेर र्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईले गर्नु भएको थियो ।

आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेर शुरु भएको सो साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राईले स्रष्टाहरु भनेका समाजका बौद्धिक वर्ग भएकोले समाजमा सधैँ उहाँहरुको खाँचो भैरहने र हामी सबैले बौद्धिक वर्गको, स्रष्टाहरुको सम्मान गर्नु पर्ने धारण व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि राईले आदिकवि भानुभक्त आचार्यको२१० औँ जन्म जयन्तीका अवसरमा उदयपुर साहित्य कला प्रतिष्ठानले आफनो प्रथम साधारणसभा गर्नु निकै गहन हुने र आदिकविप्रति सम्मान पनि हुने भएकोले आफूले यस कार्यक्रमलाई अर्थपूणर् रुपले हेरेको बताउनु भयो ।

उद्घाटन सत्रमा नारी स्रष्टा सम्झना राई असफल, बुढ्यौली साहित्य समाज उदयपुरका अध्यक्ष शारदाप्रसाद भट्टराई, त्रियुगा संगीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा, गाउँले फुलबारी साहित्य मञ्चका सचिव कुमार कोइराला, त्रियुगा जनता बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रमेशचन्द्र रोका, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य बोध कुमार घिमिरे, सप्तक कला केन्द्र उदयपुरकी अध्यक्ष सिमा कुमारी मास्के, लगायतका संस्थागत प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा बालकलाकार निर्देश कोइरालाले मीठो गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए । उक्त कार्यक्रममा हिमालय पौडेल उद्धव घिमिरे, विष्णु खड्का, शारदा प्रसाद भट्टराई, सिर्जना सरोवर लगायतका कविहरुले भानुभक्तका बारेमा चर्चा गर्दे कविता पाठ गरेका थिए । कार्यक्रमको संचालन उदयपुर साहित्य कला प्रतिष्ठानकी सचिव सरिता पौडेल गुरागाईँले गर्नु भएको थियो । सो साधारणसभामा प्रमुख अतिथि राईले संस्थाका संस्थापक सदस्यहरु ४४ जनालाई संस्थापक सदस्यता वितरण गर्नु भएको थियो ।

उद्घाटन सत्रपछि भएको बन्द सत्रमा उदयपुर साहित्य कला प्रतिष्ठानका कोषाध्यक्ष महेन्द्रकुमार राईले आर्थिक प्रतिवेदन र महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले संस्थाको सांगठनिक प्रतिवेदनका साथै आगामी वर्षका लागि कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।

विगतको तदर्थ समिति भंग गरी आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नका लागि प्रलेसका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको अध्यक्षतामा सिर्जना सरोवर, निरज कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो भने माइन्यूट कमिटीमा फडिन्द्र विश्वकर्मा, मानबहादुर थापा र सिमाकुमारी मास्के रहनु भएको थियो ।

निर्वाचन मण्डलले विधान अनुसार सर्वसम्मत रुपमा आगामी तीन वर्षकालागि २१ सदस्यीय कार्य समिति निर्वाचितभएको घोषणा गरेको थियो ।

नव निर्वाचित कार्य समितिको अध्यक्षमा डा.कैलाशकुमार राई, उपाध्यक्षमा बासुदेव पोखरेल, महासचिवमा माधव पोखरेल गोज्याङ्ग्रे, सचिवमा सरिता पौडेल गुरागाईँ, कोषाध्यक्षमा महेन्द्रकुमार राई रहनु भएको छ । यसैगरी सदस्यहरुमा शारदाप्रसाद भट्टराई, उद्धव घिमिरे, हर्क नारायण श्रेष्ठ, मुनाकुमारी खत्री, फडिन्द्र विश्वकर्मा, श्यामकणर् राई, रमेशचन्द्र रोका, चन्द्रनारायण चौधरी, कुमार कोईराला, भिम पौडेल घाँसे, ऋषिबहादुर राई, गोपालकुमार हुमागाई, अनिल घिमिरे, हरिशरण खतिवडा, खिलानाथ घिमिरे बुँइपाखिरी, र सिमा कुमारी मास्के रहेका छन् ।

यसै गरी संस्थाको प्रथम साधारणसभापछि शनिवार नै बसेको कार्यसमितिको पहिलो वैठकले काममा सहयोगी भूमिका निर्वाह गर्न तथा आवश्यक सरसल्लाह सुझाव दिनका लागि हाललाई ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो सल्लाहकार समितिमा बोधकुमार घिमिरे, पुण्य कार्की, हिमालय पौडेल, ऋषिकेश पौडेल, देवेन्द्रप्रसाद पौडेल, सिर्जना सरोवर, रविन्द्र राजा शाही, डा.नवराज खतिवडा, विष्णु खड्का, सुमित्रा पोखरेल र टीकाप्रसाद पौडेल रहनु भएको छ ।

०००
माधव पोखरेल गोज्याङ्ग्रेबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x