साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवसर्जकको १३ औँ मासिक शृङ्खला सम्पन्न

२१० औँ भानु जयन्ती विशेष शृङ्खलाको रूपमा आयोजित कार्यक्रममा संस्थाकी उपाध्यक्ष एवम् कोशी प्रदेश संयोजक पोना हाङ्मा लोवाविशेष रचना वाचनसमेत गरिएको थियो ।

Nepal Telecom ad

हेटौडा, ०८० असार ३० । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा १३ औँ नवसर्जक मासिक शृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् अग्रज साहित्यकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकार डिबी बर्तौला, संस्थापक उपाध्यक्ष कृतिका लौडारीको आतिथ्य रहेको थियो ।

२१० ओैँ भानु जयन्ती विशेष शृङ्खलाको रूपमा आयोजित कार्यक्रममा संस्थाकी उपाध्यक्ष एवम् कोशी प्रदेश संयोजक पोना हाङ्मा लोवाविशेष रचना वाचनसमेत गरिएको थियो । लोवाविशेष कार्यक्रमका क्रममा उनले देशप्रेम, युवाजागरण, समसामयिक राजनीतिक सामाजिक विकृतिबारेका ४ वटा कविता वाचन गरिन् ।

त्यस्तै चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँ, वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी, उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक जोशिका कँडेल ’निशा’, महासचिव समर्पण न्यौपाने, केन्द्रीय सदस्यहरू प्रभास घिमिरे, रियाज कार्की, वाग्मती प्रदेश सदस्य निमिषा निरौला, नवसर्जकहरू सुवास उपाध्याय, प्रेरक गौतम, अनासिया खनाललगायतले रचनावाचन गरेका थिए । नवसर्जकहरूले भानुविशेष तथा अन्य विषयवस्तुमा समेत रचना वाचन गरेका थिए ।

चौतारीका परिकल्पनाकार दीपक गौतमले चौतारीको स्थापनागर्भका साथै यसका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नरनाथ लुइँटेलले नवसर्जकको अभियान एवम् बालबालिकाको रचनास्तर एवम् कार्यक्रम प्रस्तुतिशैलीबाट आफू अत्यन्त प्रसन्न भएको र आफू पनि यो संस्थासँग सँगै यात्रा गर्न इच्छुक रहेको विचार अभिव्यक्त गर्नुभयो । साथै, नवसर्जकहरूको उज्ज्वल साहित्यिक भविष्यको कामना गर्नुभयो ।

चौतारीका महासचिव समर्पण न्यौपानेले सहजीकरण गरेको उमेरको उक्त कार्यक्रममा डेढ दर्जन नवसर्जकहरूको उपस्थिति रहेको थियो । चौतारीले हरेक महिनाको अन्तिम शनिबार नवसर्जक मासिक शृङ्खलाका साथै समयसमयमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका भर्चुअल तथा भौतिक कार्यक्रमका साथै नवसर्जककेन्द्रित विधागत साहित्यिक प्रशिक्षण अभियानसमेत सञ्चालन गर्दै आएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x