साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाल-चाल

तस्करको लस्करले डाँडो नाघेको छ अपराधी फटाहाको खाँडो जागेको छ । कतै पनि भेटिएन उन्नतिको मति समाचार सुन्दा लाग्छ- भयो समुन्नति ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

दिनदिनै भन्सारमा सुन फलेको छ
तर पनि अभावको राँको बलेको छ ।
विदेशको सुनचाँदी आएको छ राम्रो
किन झनै समस्याको पहाड छ हाम्रो ?

महँगीले जनताको बल्न छाड्यो चुल्हो
व्यापारी झन् बनेको छ नेताभन्दा ठूलो ।
गरिबको छातीभित्र फुट्छ ज्वालामुखी
चम्चागिरी गर्नेहरू भएका छन् सुखी ।

नेता सबै ठूला बन्छन् लुला छैनन् कोही
चम्चेहरू मोज गर्छन् अरू बस्छन् रोई ।
हिजो-आज नेपालीको गिर्दो अवस्था छ
राँगा, बोका, साँढेलाई फिर्दो व्यवस्था छ ।

कमिसन-तन्त्रीहरू मन्त्री हुने गर्छन्
मनपरी तन्त्र गरी घ्याम्पे भुँडी भर्छन् ।
जताततै विकृतिको सगरमाथा उठ्यो
नेपालीको पीर-मर्का भन कहाँ छुट्यो ?

तस्करको लस्करले डाँडो नाघेको छ
अपराधी फटाहाको खाँडो जागेको छ ।
कतै पनि भेटिएन उन्नतिको मति
समाचार सुन्दा लाग्छ- भयो समुन्नति ।

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x