बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

हाल-चाल

तस्करको लस्करले डाँडो नाघेको छ अपराधी फटाहाको खाँडो जागेको छ । कतै पनि भेटिएन उन्नतिको मति समाचार सुन्दा लाग्छ- भयो समुन्नति ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

दिनदिनै भन्सारमा सुन फलेको छ
तर पनि अभावको राँको बलेको छ ।
विदेशको सुनचाँदी आएको छ राम्रो
किन झनै समस्याको पहाड छ हाम्रो ?

महँगीले जनताको बल्न छाड्यो चुल्हो
व्यापारी झन् बनेको छ नेताभन्दा ठूलो ।
गरिबको छातीभित्र फुट्छ ज्वालामुखी
चम्चागिरी गर्नेहरू भएका छन् सुखी ।

नेता सबै ठूला बन्छन् लुला छैनन् कोही
चम्चेहरू मोज गर्छन् अरू बस्छन् रोई ।
हिजो-आज नेपालीको गिर्दो अवस्था छ
राँगा, बोका, साँढेलाई फिर्दो व्यवस्था छ ।

कमिसन-तन्त्रीहरू मन्त्री हुने गर्छन्
मनपरी तन्त्र गरी घ्याम्पे भुँडी भर्छन् ।
जताततै विकृतिको सगरमाथा उठ्यो
नेपालीको पीर-मर्का भन कहाँ छुट्यो ?

तस्करको लस्करले डाँडो नाघेको छ
अपराधी फटाहाको खाँडो जागेको छ ।
कतै पनि भेटिएन उन्नतिको मति
समाचार सुन्दा लाग्छ- भयो समुन्नति ।

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाज आफैँ लजायो

लाज आफैँ लजायो

डा. बमबहादुर जिताली
सास्ती र मस्तीको मेलो

सास्ती र मस्तीको मेलो

डा. बमबहादुर जिताली
भानु अर्चना

भानु अर्चना

डा. बमबहादुर जिताली
तार्ने भए गाँठे जतासुकै आँसु…

तार्ने भए गाँठे जतासुकै...

डा. बमबहादुर जिताली
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली
महान नेताका राता जहान

महान नेताका राता जहान

डा. बमबहादुर जिताली
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी