साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरको पुच्छर

सामान्य पैसाको लोभमा बिक्री भएर स्वतन्त्र उम्मेद्वार पार्टीसित संलग्न हुन्छन् । यो कुकुरको पुच्छरकै नमूना होइन ?  हामीले हाम्रो पुच्छरलाई कुकुरकै पुच्छर बऩाइ छोड्याैँ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

म बसेकी शहर विशाल र भव्य छ । तर यो सरहको छात्तीभरि हिलो बोकेको छ । मानिसहरूको भीड़ जताततै । गाड़ी, ट्रक, टोटो, अटो, बाइकको दुगुराई । डिजेल, पेट्रोल धुँवा । एम्बुलेन्स, फायर ब्रिगेड, नेताहरूका गाड़ीको एक किसिमको ह्वाँ….ह्वाँ । ट्राफिक पुलिस ट्राफिक सम्हाल्दा हैरान छन् । फुटपाथभरि दोकानै-दोकानै । मेरो शहरमा फुटपाथमा हिँड़्छु भन्ने नसोंच्दा पनि हुन्छ । बजार, बाटा कतै पनि खुट्टा टेक्ने ठाउँ छैन । बसको अवस्था उस्तै छ । यात्रीहरू बसको गेटैमा चमेराजस्तो झुण्डिएर आफ्नो गन्तव्यस्थलमा गइरहेका छन् । सबैलाई हतार । फुर्सद कसैलाई छैन यहाँ । सबै आफ्नै धुनमा हिँडिरहेका छन् । कसैलाई कसैको वास्ता र परवाह छैन ।

हामी कुनि कस्तो भइसकेका छौँ । वायु, शब्द, राजनैतिक तथा तँ तँ र म मको दूषणले यो मेरो विशाल र भव्य सहरलाई साइनोसाइटिस भएको छ । ढ्याब्रे नाक छ तर घ्राण शक्ति छैन । गुलाबको सुगन्ध नाकमा पस्दैन, माछा बजारको कुहेको दुर्गन्घ पनि यो नाकको दुलामा पस्दैन । यो सहरमा हिँड़्ने सबैको नाक थेत्तर भएको छ । आँखा छन् । दुइदुइवटा । तर दृष्टि छैन । दाह्री सेभिङ गर्ने बेलामा यहाँका पुरुषहरू दिनमा एकैपल्ट मात्र ऐना हेर्ने गर्छन् । अन्ली वान टाइम । यो सहरमा आँखा-आँखा जुझ्छन् । स्त्रीहरू धेरैपल्ट ऐना हेर्ने गर्छन् । कहिले केशराशी, कहिले सर्वाङ्ग शरीर । कहिले वाऔँठ । यसबेला स्त्रीहरू अत्यन्तै व्यस्त देखिन्छन् । आफ्ने धुनमा हिँड़्द-हिँड़दै भीड़हरूमा आफ्नै लोग्ने ठानी आफ्नै लोग्नेलाई तिरस्कार गर्छन् । छड़्के आँखाले हेरिदिन्छन् । यहाँको नामी स्कूलबाट बसमा आएको छोरोलाई तान्दै ल्याएर आमाले सोध्छिन्- तँ को होस् ?

छोरो मलिन स्वरमा भन्छ- मैले त बसबाट ओर्लिने बित्तिकै भनिरहेछु… आण्टी मलाई कहाँ लानुहुँदैछ ? तपाईंले मेरो कुरा केही सुन्नु नै भएन । फतफतिँदै मलाई तानेको तानेकै गर्नुभयो ।

हामी जुन बाटामा हिँड़्छौँ त्यसका दुवैतिर के छ हामीलाई नै थाहा छैन । यतिसम्म कि यो शहरमा हामीले आफ्नो घर समेत नचिन्ने भइसकेका छौँ । चारैतिर गगनचुम्बी फ्ल्याट । फ्ल्याटको कुनामा जीणर् घर । यति मात्रै थाहा छ …. हाम्रो घरमा एउटा खाट छ, एउटा टिभी । यसरी हामी दिन दिनै आफैलाई भुलक्क्ड़ हुँदै जाँदैछौँ । आफैले आफैलाई नचिन्ने समय आइसकेको छ । यो विशाल शहरमा हामी यति व्यस्त भएका छौं, सामान्य कुरा सोंच्ने फुर्सद समेत छैन । गिजा दुःखे मात्र दाँत भन्ने चिज रहन्छ भन्ने बुझ्छौँ । कनजनभाइटिस् भए मात्र दुइवटा आँखा रहेछन् भन्ने अनुमान हुन्छ । डाइरिया भए मात्र पेटको अस्तित्व थाहा हुन्छ । यो सहर यस्तै छ । कसैलाई कुनै कुराको अत्तोपत्तो छैन ।

देश खाएर शेष भएर आयौं भने मात्र थाहा हुन्छ देशभरि गणतन्त्र चल्दैछ । जे छ त्यहीँ रहन्छ । जे हुँदैछ त्यही हुन्छ । नो चेञ्ज, सबै एइ इट इज । अचानक फुटपाथका दोकानहरू भत्काइन्छन् यहाँ । धुँवा नापेर चारचक्के, दुइचक्केको लाइसेन्स खारिज गरिन्छ । दुइचक्के, चारचकेवालको हेलमेट जाँचिन्छ । हेलमेट हुने त ठिकै छ बाँच्यो, नहुने हेलमेटवालहरू दुइदेखि चार हजारसम्म फाइन । समय समयमा विभिन्न संस्थाहरूको प्रयास शहर सफाइ अभियान । सहरलाई स्वच्छ र हरियै पार्नुपर्छ भन्ने सुगा रटाइ स्लोगान । केही ब्यानर, केही होर्डिङ । यो मेरो सहर यस्तै छ ।

यहाँ सबै राम्रो छ । सबै ढुक्क र मस्त छन् । लाखौं मच्छड़, करौड़ौं झिंगाको राजधानी मेरो सहर । सबै रोगी । रोगी जति सबै सरकारी अस्पतालमा लाम लाग्छन् । त्यहाँ पानी बाहेक सबै थोक किन्नुपर्ने अवस्था छ ।

भोट आउँदा हरेक नागरिकको कदर बढ़्छ । हामी पनि फुर्के भएर प्राणभन्दा प्यारा नेताको नाममा बीस-पच्चीसवटा भोट हालिदिन्छौँ । यो हाम्रो बहादुरी हो, वीरत्वको सिम्बल । हाम्रा पूर्खाहरूले सिमानामा बन्दुक, तोपको गोला पड़्काएर, सिरुपाते खुकुरी उज्याएर शत्रुहरूलाई लेखेटे । अहिले हामीले यसरी नै भोट हालिदिएर विरोधी दललाई ब्यालेट बक्स युद्धमा धराशायी पार्ने गरेका छौँ । भोट सकिएपछि खायो भाँड़ो मिल्कायो ठाँड़ो गर्छन् हामीलाई । हामीलाई त्यसको कुनै असर पर्दैन । किनभने हाम्रो जाति नै सहनशील संवेदनशील जाति । हामीलाई नेताहरूले ठाँड़ा नै बनाइसकेका छन् । भोट दिँदा फाटेको कोटजस्तो भइसक्यो हाम्रो अवस्था । हाम्रो जीवन थाङ्ना जस्तै भइसकेको छ । लाटाको धोतीजस्तो भइसकेको छ हाम्रो जिन्दगी । फिजिकल्ली अनि साइक्लोजिकल्ली हामीलाई नचल्ने दुअन्नी बनाएकै हो । हामी खासमा भीरको चिण्डो हौं । हाम्रो गाउँका राइँला मामा मातेका बेला जहिले पनि भन्छन्- हामी सुँगुरे जीवन बाँचिरहेका छौं, पीगस्टाइल लिभिङ । हो पनि मात्ने मान्छेहरू अकाट्य सत्य बोल्छन् । हाम्रो अवस्थाप्रति राइँला मामा मातेका बेला यसरी गाउँछन्-
जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर …..

साँच्चै नै हामी यहाँ यो शहरमा मुर्दाकै जीवन बिताइरहेका छौँ । हामीलाई भोटमा यूज मात्रै गर्छन् नेताहरू । भोट सकेर भोट जितेपछि भोटभन्दा अघि म्याउँ म्याउँ गर्नेहरू नेताहरू कुनै काम पर्दा उनलाई भेट्न जाँदा बाघजस्तै गर्जिन्छ । नेताको यस्तो व्यवहार देखेर अर्को पाली तँलाई इस् भोट हालुँला भन्दै दारा किट्छौँ । फेरि भोट आउँछ फेरि पाँच वर्षमा । हामी उनै नेतालाई जिताउन आफ्नै छरछिमेसित शत्रुता गर्छौं । जसरी हुन्छ नेतालाई जिताई छोड़्छौँ । यस्तो अवस्था देखेर भन्न मन लाग्छ, हामी कुकुरको पुच्छर हौँ । लाख कोशिस गरे पनि वा बाह्र वर्षसम्म ढुङ्ग्र्रोमा हालेर राखे पनि बरू ढुङ्ग्र्रो बाङ्गेला तर पुच्छर सोझो कहिल्यै हुन्न ।

गाउँ-समाजको विकास गर्छु भनी स्वतन्त्र उम्मेद्वारको रुपमा भोट माग्छन्, जित्छन् पनि । तर सामान्य पैसाको लोभमा बिक्री भएर स्वतन्त्र उम्मेद्वार पार्टीसित संलग्न हुन्छन् । यो कुकुरको पुच्छरकै नमूना होइन ?  हामीले हाम्रो पुच्छरलाई कुकुरकै पुच्छर बऩाइ छोड्याैँ ।

यो कुकुरको पुच्छर कहिले सोझो होला ?

०००
खोलाचन्द फाप्री, सिलगड़ी भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x