साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाई, सुट र म

टाई र सुट मर्छ कि भनी, खाली सिलिण्डरमा, अक्सिजन भरिरहन्छौं । मात्र टाई र सुटलाई आफ्नो अमुल्य मतदान दिन्छौँ । हरेकले आफ्नो मृत्युसँग टाई र सुट किनिरहन्छौँ ।

Nepal Telecom ad

गायत्री परिरोशनी :

म गणितको विद्यार्थी
मानौं एक्स बराबर वाई
धेरै ठाउँमा पढेँ ,
यहीलाई मानेर
धेरै हिसाब गरेँ
अब टाई र सुट बराबर
धेरै कुरा किन नपढ्ने ?

टाई र सुट बराबर
पजेरो, चिल्ला र महङ्गो गाडी
झण्डा भएको गाडी
डण्डा भएको गाडी
कोट, पाइन्ट, दौरा र सुरुवाल
सारी — ब्लाउज, चौबन्दी र फरिया
सिंहदरबार, बालुवाटार, बानेश्वर
सात प्रदेश र ७५३ स्थानीय तह ।

म बराबर मजस्तै सबै— सबै
निकै मज्जा छ, निकै काइदा छ,
निकै फाइदा छ
टाई र सुटले भ्रष्टाचार गरे पनि
कसैले देख्दै, देख्दैनन्,
खरबौँ झ्वाम्म खाँदा पनि
मिडियाले लेख्दै लेख्दैनन् ।

टाई र सुटले नीति बेच्छ,
इमान र प्रतिष्ठा बेच्छ,
अलिकति देश बेच्छ,
अलिकति भेष बेच्छ,
अलिकति अरुका बेच्छ,
अलिकति आफ्ना पनि बेच्छ,

अँ हँ हामीले केही बेचेको देख्दैनौँ ।
अनि हामीले नै टाई र सुटलाई
मान गर्छौ, सम्मान गर्छौ ।
पूजा गर्छौ र फूलपाती चढाउँछौँ ।
दामी दोसल्ला ओढाउँछौँ ।

टाई र सुटले,
विवेक मार्छ
सिद्धान्तलाई मार्छ,
गरिबलाई मार्छ,
एकल, असहायहरुलाई मार्छ,
आवाजविहीनहरुलाई मार्छ,
इमान र निष्ठालाई मार्छ,
न्यायलाई मार्छ,
समता र समानतालाई मार्छ,
आत्मनिर्भर र सशक्तीकरणलाई मार्छ ।

तर पनि,
हामीले टाई र सुटलाई,
माया गरिरहन्छौं ।
टाई र सुट मर्छ कि भनी,
खाली सिलिण्डरमा,
अक्सिजन भरिरहन्छौं ।
मात्र टाई र सुटलाई
आफ्नो अमुल्य मतदान दिन्छौँ ।
हरेकले आफ्नो मृत्युसँग
टाई र सुट किनिरहन्छौँ ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x