साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ झख मार्ने उद्योग दर्ता

केही पैसा उता झर्ला बीमा कम्पनीमा भने क्षतिपूर्ति भरी पाँऊ माथि निवेदनै दिने । झखको अर्थ सोधेमा माछा हो भनि भन्दिए झख मार्ने यही काम यता हुन्छ भनी दिए ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सजिलो काइदा भन्छु उद्योग एउटा गरौँ
जानेमा फाइदा होला लौ चाँडै नै योजना गरौँ ।
चार कठ्ठा भए पुग्ला पर्ती जग्गा कतै ढुँडौँ
चार मान्छे लगाएर सानो खाल्डो छिटै गरौँ ।

हाते नल्की चलाएर केही पानी त्यहाँ भरौँ
बढैया तालमा जाऊँ केही भुराहरू किनौँ।
केही मान्छे बसालेर लौ उद्घाटन भो भनी
ताली पिटौ खिचौँ फोटो पोस्ट्याउँला सबै अनि ।

दुई चार जनालाई माला टीका लगाएर
खादा माला र सम्मान धेरै पो गर्नु के छ र ?
चार कार्टुन पानी र दुई कार्टुन कोकले
दुई चार जनालाई प्रसाद मद बोतले ।

पत्रकार चिनेका छन् उनलाई न बिर्सिई
समाचार बनोस् राम्रो भनौँ छाप्न विनम्र भै ।
सानो खाम थमाऔँला छेउमा गई सेपिई
फोटो खिचेर लैजान भनौँला मनमा दिई ।

यै हाम्रो पालिका भित्रै फार्म दर्ता गरे हुने
ठाउँ हेर्नै नपर्ने रे कागजात मिले हुने ।
झख पालनका लागि फर्म दर्ता गरौँ अब
केही पैसा यता पार्न फोन गर्दै रहौँ तब ।

नेतालाई गुहारौँला भाग बन्डा यसो दिई
चिनाजानी बढाएका तारन्तार उता गई ।
एउटा कामको लागि धेरै बिल बनाउने
माथिसम्मै पुगाएर तोक आदेश लाउने ।

बीमाको कम्पनीलाई बोलाएर यतातिर
सपेटा कुखुरा भाले साथ पार्टी सबैतिर ।
आहा गज्जब राम्रो छ भन्ने रिपोर्ट गर्नु छ
निम्तो दिन्छौँ तपाईंमा ऐले ता हुन्न भन्नु छ ।

यति गर्न सकेदेखि हात साथ सफा हुने
दुई चार करोडौंका राम दाम कमाइने ।
खै के उन्नति भो भन्लान् पोखरी सुक्न गो भनौँ
मरेका चार ती बोकी बीमातिरै उता कुदौँ ।

केही पैसा उता झर्ला बीमा कम्पनीमा भने
क्षतिपूर्ति भरी पाँऊ माथि निवेदनै दिने ।
झखको अर्थ सोधेमा माछा हो भनि भन्दिए
झख मार्ने यही काम यता हुन्छ भनी दिए ।

०००
भरतपुर – ५, चितवन
हाल बैजनाथ – १ चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x