साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्क न बक्क

चिम्ली आँखा लोक निदाए । जय जय भन्दै शव्द मिलाए ।। घेर्दै आए मानिस माथि । मन्दिर फोडे शेष नराखी ।। रावण भाग्यो काम तमाम । मन्दिर स्वाहा जप्दै राम ।। आँखा खोल्दा दुनियाँ छक्क । के भो के भो अक्क न बक्क ।।

Nepal Telecom ad

हरि खनाल :

रावण आयो घण्टी ठोक्दै ।
रघुपति राघव कीर्तन घोक्दै ।।
भेष पहेँलो चन्दन घेरो ।
घुम्दै नाच्दै सेरोफेरो ।।१।।

छमछम नाच्यो बोल्यो राम ।
घस्र्यो पस्र्र्यो भन्दै धाम ।।
भक्त पुराना देख्दै मक्ख ।
छिर्दै भित्रै पर्दै छक्क ।।२।।

पायो उसले सबको ताली ।
लायो चर्को नारा जाली ।।
गाओ नाचो चिम्ली आँखा ।
प्रभुजी हाँस्छन् सुन्दा भाका ।।३।।

चिम्ली आँखा लोक निदाए ।
जय जय भन्दै शव्द मिलाए ।।
घेर्दै आए मानिस माथि ।
मन्दिर फोडे शेष नराखी ।।४।।

रावण भाग्यो काम तमाम ।
मन्दिर स्वाहा जप्दै राम ।।
आँखा खोल्दा दुनियाँ छक्क ।
के भो के भो अक्क न बक्क ।।५।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x