
अक्क न बक्क
चिम्ली आँखा लोक निदाए । जय जय भन्दै शव्द मिलाए ।। घेर्दै आए मानिस माथि । मन्दिर फोडे शेष नराखी ।। रावण भाग्यो काम तमाम । मन्दिर स्वाहा जप्दै राम ।। आँखा खोल्दा दुनियाँ छक्क । के भो के भो अक्क न बक्क ।।

हरि खनाल :
रावण आयो घण्टी ठोक्दै ।
रघुपति राघव कीर्तन घोक्दै ।।
भेष पहेँलो चन्दन घेरो ।
घुम्दै नाच्दै सेरोफेरो ।।१।।
छमछम नाच्यो बोल्यो राम ।
घस्र्यो पस्र्र्यो भन्दै धाम ।।
भक्त पुराना देख्दै मक्ख ।
छिर्दै भित्रै पर्दै छक्क ।।२।।
पायो उसले सबको ताली ।
लायो चर्को नारा जाली ।।
गाओ नाचो चिम्ली आँखा ।
प्रभुजी हाँस्छन् सुन्दा भाका ।।३।।
चिम्ली आँखा लोक निदाए ।
जय जय भन्दै शव्द मिलाए ।।
घेर्दै आए मानिस माथि ।
मन्दिर फोडे शेष नराखी ।।४।।
रावण भाग्यो काम तमाम ।
मन्दिर स्वाहा जप्दै राम ।।
आँखा खोल्दा दुनियाँ छक्क ।
के भो के भो अक्क न बक्क ।।५।।
०००
धादिङ