साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान खाऊँ है अघाउँजी…

यसै याममा त्याे बनायौँ विधान, जहाँ छन् मिठा स्वादिला प्रावधान, यसैकाे गर्‍यौँ धूप बाती र गान, सबैलाई पार्ने भयौँ एक घान । सबै पेट रित्ता कतै छैन खान, र लर्को युवाको छ पर्देश जान, जहाँ छन् अनेकौँ मिठा प्रावधान, अघाइन्छ खाएर के संविधान ?

Nepal Telecom ad

हाेम सुवेदी :

यता अश्रुको धारले भिज्छ जुम्ला
उता भेल पैरोसँगै रुन्छ हुम्ला
जिताए पठाए जहाँबाट नेता
उसैले प्रजातन्त्रको पार्छ कुम्ला ।।

महाव्याधि चल्दैछ झन् खाप खाप
छ धर्ती र यो जिन्दगी नै धराप
यसै आपदामा कुनै हान्छ दाउ
हियाको दुखेको दुखेकै छ घाउ ।।

यसै याममा त्याे बनायौँ विधान
जहाँ छन् मिठा स्वादिला प्रावधान
यसैकाे गर्‍यौँ धूप बाती र गान
सबैलाई पार्ने भयौँ एक घान ।।

सबै पेट रित्ता कतै छैन खान
र लर्को युवाको छ पर्देश जान
जहाँ छन् अनेकौँ मिठा प्रावधान
अघाइन्छ खाएर के संविधान ?

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x