विवेक शर्मा गाैतमसंविधान
होकि बोझिलो भारी प्रदेशको, बन्धन बनाउँदै । नहेरी औकात आफ्नो, अरुलाई खुसाउँदै ॥

विवेक शर्मा गौतम :

आयो बहत्तर घर घर, खुशीले सुसाउँदै ।
होकि जाने डर लाग्छ, गन्धले फुसफुसाउँदै ॥
भए जोकर झैं भारी बोक्ने, संविधान हँसाउँदै ।
लिए भरी पेटारो आफै, जनता रिसाउँदै ॥
लागे बाटो नेता विकृति, विसंगति जन्माउँदै ।
रुन्छिन आमा देखेर आफ्नो, सम्मान गुमाउँदै ॥
भए नेता हुतिहारा, आफ्नो अस्थित्व बुझाउँदै ।
जनता भए मात्र आसिक, नेता सम्पत्ति लुकाउँदै ॥
होकि बोझिलो भारी प्रदेशको, बन्धन बनाउँदै ।
नहेरी औकात आफ्नो, अरुलाई खुसाउँदै ॥
सुन्दर संविधानभित्र महङ्गीले, जनता चुसाउँदै ।
पोखे दुखेसो गरीब गुरुबा, आँसु रसाउँदै ॥
०००
२०८० असोज ३ गते
हाल टोखा -३ काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































