साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान ? संविधान ? ? संविधान ? ? ?

सत्तापक्षी विपक्षी, निज दल बलले, मिच्छ पार्टी - विधान । त्यस्ता एकाधिकारी, खल-कल मनले, खान्छ है संविधान ॥ पैला आचार चोखो, गर मन - मुटुले, फल्छ आदर्श बाली । साँच्चै जीवन्त होला, नियम - विधि यहाँ, चढ्छ वैशाख लाली ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’

badri prasad dahalउल्टो अभ्यास गर्दा, विधिनियम तथा, ऐन नै घाइते भो ।
स्वेच्छाचारी बनेरै, जनहित नगरी, शीर्ष नै काइते भो ॥
आफै धामी र बोक्सी, अभिनय गरिँदा, घाइते संविधान –
पारे, स्वार्थी र दम्भी, कलुषित जनले, च्यात्न थाले विधान ॥

नारा खोक्रा र छोक्रा, अनृत खलबली, तुच्छ ढोँगी विचार –
हर्ताकर्ता बनेमा, विधि नियम यहाँ, लाग्न सक्दैन पार ॥
ठूला वक्तव्यबाजी, घननन नगरा, घन्न घन्काउँदैमा ।
मान्दैनन् देववाणी, जनमन अहिले, रन्न रन्काउँदैमा ॥

सत्तापक्षी विपक्षी, निज दल बलले, मिच्छ पार्टी – विधान ।
त्यस्ता एकाधिकारी, खल-कल मनले, खान्छ है संविधान ॥
पैला आचार चोखो, गर मन – मुटुले, फल्छ आदर्श बाली ।
साँच्चै जीवन्त होला, नियम – विधि यहाँ, चढ्छ वैशाख लाली ॥

भ्रष्टाचारी लुटेरा नियम विधि मिची, गर्दछन् अट्टहास ।
चर्का जो काण्ड रच्ने अधम किन बँचे ? भन्छ हाम्रो समाज ॥
गर्दै मोलाहिजाले कतिपय खतुवा दण्डमा ल्याइँदैन ।
धोक्रे सर्कार देख्दा अब सब जनता भन्दछन् चाहिँदैन ॥

०००
धादिङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x