भोलानाथ सुबेदीस्कुल बन्द गरौँ
पिउन हेडमास्टरभन्दा माथि हुन्छ न घण्टी बजाउँछ न ढोका खोल्छ । यस्तो मनलाग्दी कसरी सहनु स्कुल बन्द गरौँ किन खोल्नु ।।

भोलानाथ सुवेदी :
चुहिने छानो टाल्न नसके
कोठाको फोहोर फाल्न नसके ।
तिमी सफा भएर मात्रै के गर्नु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
दु:खजिलो बाह्र पढ्ने नै हो
कि अरब कि अष्ट्रेलिया चल्ने नै हो ।
उपलब्धि छैन समय खेर के फाल्नु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
पढ्ने भन्दा पढाउने धेर भएपछि
कार्यालय समयमा अबेर भएपछि ।
तिमी सधै व्यस्त अन्तै हुनु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
स्कुलैपिच्छे कानुन फरक
पढ्ने पढाउने नियम फरक ।
भविष्य अरुको किन खेलवाड गर्नु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
वर्षभरिमा किताब पुग्दैन
पढ्ने हुन्छन् पढाउने हुँदैन ।
भत्केको भित्तो हेरेर बच्चाले के सिक्नु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
यौटालाई हुन्छ अर्कोलाई हुँदैन
मान्छेको सोच फरक भएपछि ।
सबैको चित्त कसरी बुझाउनु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
पिउन हेडमास्टरभन्दा माथि हुन्छ
न घण्टी बजाउँछ न ढोका खोल्छ ।
यस्तो मनलाग्दी कसरी सहनु
स्कुल बन्द गरौँ किन खोल्नु ।।
०००
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest





































