काशीनाथ मिश्रितरित्याउनु मुलुकको ढुकुटी
हुन्छ, भाषण गरेर ? छिटो विकास केको विकास शुरु भो ? सबतर्फ त्रास के मिल्छ गोष्ठीहरूबाट ? यथेष्ट भत्ता उद्देश्य के ? लिन लडीकन एक सत्ता ।

काशिनाथ “मिश्रित” :
(महाकवि देवकोटा अहिले थिए भने आफ्नो ‘प्रश्नोत्तर’ कविता यस्तो लेख्थे ।
के हो अहो ! अमृतकन त्यो ? मदिरा समान
क्यै छैन अन्य तिमीले यति राख ज्ञान
खोज्छन सबै सुख भनी सुख त्यो कहाँ छ ?
खानू लुटेर दिनहुँ अरूको जहाँ छ ।
के भैरहेछ जगमा कति छन विरोध ?
जान्दिन त्यो बरू बन्दुकलाई सोध ।
भेटिन्छ ईश कन मन्दिरमा पसेर ?
गाउँतिर झोपडीभित्र पसेर हेर ।
कर्तव्य के छ, जनको ? निमुखा निचोरी
मच्चाउन जति सकिन्छ नि घुसखोरी
रित्याउनु मुलुकको ढुकुटी निखारी
खानू बसेर घरमा सबले डकारी ।
के हो ठूलो जगतमा ? रुपियाँ समान
देखिन्न केही अरू चीज महान
ऐले अमीरसँग छन् सब थर्कमान
दौडी रहेछ तिनकै पछि वर्तमान ।
पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ
शस्त्रास्त्रको गतिविधी जब बन्द हुन्छ
शान्ति यहीं वरिपरि छ लुकिरहेको
हाबी भएर बम पो त नदेखिएको ।
हुन्छ, भाषण गरेर ? छिटो विकास
केको विकास शुरु भो ? सबतर्फ त्रास
के मिल्छ गोष्ठीहरूबाट ? यथेष्ट भत्ता
उद्देश्य के ? लिन लडीकन एक सत्ता ।
०००
बम्घा-८, गुल्मी
फित्कौली अङ्क ४
Subscribe
Login
0 Comments
Oldest








































