साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाको रुस यात्रा

मस्कोबाट नेपाल फर्केपछि अनुमति नलिई रुस भ्रमण गरेको र कम्युनिस्ट भएको आरोप लगाएर रोयल नेपाल एकेडेमीले महिनौसम्म उनको मासिकवृत्ति रोक्का गरिदिएको थियो ।

Nepal Telecom ad

जीवा लामिछाने :

महाकवि लक्ष्मीप्रसाद देवकोटाले दुइपटक रूस (तत्कालिन सोभियत संघ) को भ्रमण गरेका थिए । बुखारेस्टमा आयोजित युवा सम्मेलनमा भाग लिएर सन् १९५४ मा पहिलोपटक उनी मस्को पुगेका थिए । मस्को भ्रमणपछि उनी ट्रान्स-साइबेरियन रेलमार्गबाट चीनको राजधानी बेइजिंग पुगेका थिए !

दोश्रोपल्ट उनी सन् १९५८ मा उज्बेकिस्तानको राजधानी ताशकन्दमा आयोजित अफ्रो-एसियाली लेखक सम्मेलनमा भाग लिई मस्को पुगेका थिए । दोश्रो रुस यात्रामा धर्मपत्नी मनदेवी देवकोटा र राष्ट्रकवि माधव घिमिरे पनि उनको साथमा थिए !

ताशकन्द सम्मेलनमा महाकवि देवकोटाले प्रस्तुत गरेको कार्यपत्र तत्कालीन विश्वलाई नेपाली साहित्यको परिचय गराउने महत्वपूर्ण दस्तावेजको रुपमा मानिन्छ ।

दोश्रोपटक रुसको भ्रमणमा रहँदा देवकोटाको मस्कोको प्रसिद्ध ‘बोत्किन अस्पताल’मा भर्ना भएर झन्डै १ महिना उपचार गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार भएर उनी नेपाल फर्केका थिए ।

मस्कोबाट नेपाल फर्केपछि अनुमति नलिई रुस भ्रमण गरेको र कम्युनिस्ट भएको आरोप लगाएर रोयल नेपाल एकेडेमीले महिनौसम्म उनको मासिकवृत्ति रोक्का गरिदिएको थियो ।

देवकोटाको सोभियत संघ भ्रमण पछि धेरै रुसी विद्वानहरूले नेपाल सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने काम सुरु गरेका थिए । प्राज्ञहररू निकोलाई कराल्योभ, इल्या रेद्कोले नेपाल सम्बन्धी अनेकौं ग्रन्थ प्रकाशन गरेका थिए । रुसी बिदुषी ल्युद्मिला अगानिनाले सन् १९७० मा देवकोटाको व्यक्तित्व र कृतित्वका बिषयमा ‘नेपालका महाकविको कथा’ (Рассказ о непальском поэте- Жизнь и творчество Лакшмипрасада Девкоты) नामक ग्रन्थ प्रकाशित गरेकी थिइन् । रुसी भाषामा देबकोटाका मुनामदन लगायत अन्य काव्यहरू अनुवाद भएका छन् ।

महाकवि देवकोटाको कविताको चर्चित एक पंक्ति छ- ‘ऊदेश्य के लिनु ? उडी छुनु चन्द्र एक’ । एउटा सुखद संयोग मान्नुपर्छ; देबकोटाको निधन हुनुभन्दा दुइ दिनअघि मात्रै १२ सेप्टेम्बर १९५९ मा सोभियत संघले प्रक्षेपण गरेको लुना-२ स्पेसक्राफ्ट विश्वमा पहिलोपल्ट चन्द्र धरातलमा ओर्लिएको थियो ! महाकविको आत्मालाई यसबाट सन्तुस्टि मिलेको हुनुपर्छ ।

देवकोटा एकमहिना मस्कोमा उपचारमा रहँदा सिंगो एक काव्य नै सृजना गरेका थिए भन्ने अनुमान छ । उनले मुलत: अंग्रेजीमा लेखेका थिए । उनका केहि कवितालाई ल्युद्मिला आगानिनाले मूल अंग्रेजीबाट रुसी भाषामा अनुवाद गरेकी थिइन् । आगानिनाले देवकोटा दम्पतीको मस्को बसाईमा दोभाषेको काम गरेकि थिईन्र । देवकोटाले अंग्रेजीमा लेखेका कविताहररूको मूल सङ्ग्रह फेला नपरे पनि केहि कविता भने रुसी भाषामा प्रकाशित छन् । त्यसमध्येको एक कविता ‘नेपालका पर्वत शृंखला’को रुसी अनुवाद यसप्रकार छ ।

कृष्णप्रकाश श्रेष्ठले यस कविताको अन्तिम प्याराग्राफको भावानुवाद यसरी गर्नुभएको छ ।

ऐले म छु नगरमा, भनिन्छ जो मास्को,
सुन्दर छ मास्को, लाग्छ दन्त्यकथाजस्तो ।

मास्को नदीछेउ देख्छु दृश्य नेपालकै,
मनभित्र याद फुर्छ नित्य स्वदेशकै ।।

आँखा अलि झिम्म गर्दा देखिन्छ झल्झल !
नेपालका पाखापर्वत यूँरंगका नील,

नेपालका नदीनाला यूँरंगका नील,
नेपालको आकाश पनि यूँरंगकै नील ।

यस कविताको छन्दोबद्द अनुवाद रुसी कवि पावेल झेलेज्नेभले गरेका हुन् !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x