संप्रस पाैडेलमहाकवि देवकोटाको रुस यात्रा
मस्कोबाट नेपाल फर्केपछि अनुमति नलिई रुस भ्रमण गरेको र कम्युनिस्ट भएको आरोप लगाएर रोयल नेपाल एकेडेमीले महिनौसम्म उनको मासिकवृत्ति रोक्का गरिदिएको थियो ।

जीवा लामिछाने :
महाकवि लक्ष्मीप्रसाद देवकोटाले दुइपटक रूस (तत्कालिन सोभियत संघ) को भ्रमण गरेका थिए । बुखारेस्टमा आयोजित युवा सम्मेलनमा भाग लिएर सन् १९५४ मा पहिलोपटक उनी मस्को पुगेका थिए । मस्को भ्रमणपछि उनी ट्रान्स-साइबेरियन रेलमार्गबाट चीनको राजधानी बेइजिंग पुगेका थिए !
दोश्रोपल्ट उनी सन् १९५८ मा उज्बेकिस्तानको राजधानी ताशकन्दमा आयोजित अफ्रो-एसियाली लेखक सम्मेलनमा भाग लिई मस्को पुगेका थिए । दोश्रो रुस यात्रामा धर्मपत्नी मनदेवी देवकोटा र राष्ट्रकवि माधव घिमिरे पनि उनको साथमा थिए !
ताशकन्द सम्मेलनमा महाकवि देवकोटाले प्रस्तुत गरेको कार्यपत्र तत्कालीन विश्वलाई नेपाली साहित्यको परिचय गराउने महत्वपूर्ण दस्तावेजको रुपमा मानिन्छ ।
दोश्रोपटक रुसको भ्रमणमा रहँदा देवकोटाको मस्कोको प्रसिद्ध ‘बोत्किन अस्पताल’मा भर्ना भएर झन्डै १ महिना उपचार गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार भएर उनी नेपाल फर्केका थिए ।
मस्कोबाट नेपाल फर्केपछि अनुमति नलिई रुस भ्रमण गरेको र कम्युनिस्ट भएको आरोप लगाएर रोयल नेपाल एकेडेमीले महिनौसम्म उनको मासिकवृत्ति रोक्का गरिदिएको थियो ।
देवकोटाको सोभियत संघ भ्रमण पछि धेरै रुसी विद्वानहरूले नेपाल सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने काम सुरु गरेका थिए । प्राज्ञहररू निकोलाई कराल्योभ, इल्या रेद्कोले नेपाल सम्बन्धी अनेकौं ग्रन्थ प्रकाशन गरेका थिए । रुसी बिदुषी ल्युद्मिला अगानिनाले सन् १९७० मा देवकोटाको व्यक्तित्व र कृतित्वका बिषयमा ‘नेपालका महाकविको कथा’ (Рассказ о непальском поэте- Жизнь и творчество Лакшмипрасада Девкоты) नामक ग्रन्थ प्रकाशित गरेकी थिइन् । रुसी भाषामा देबकोटाका मुनामदन लगायत अन्य काव्यहरू अनुवाद भएका छन् ।
महाकवि देवकोटाको कविताको चर्चित एक पंक्ति छ- ‘ऊदेश्य के लिनु ? उडी छुनु चन्द्र एक’ । एउटा सुखद संयोग मान्नुपर्छ; देबकोटाको निधन हुनुभन्दा दुइ दिनअघि मात्रै १२ सेप्टेम्बर १९५९ मा सोभियत संघले प्रक्षेपण गरेको लुना-२ स्पेसक्राफ्ट विश्वमा पहिलोपल्ट चन्द्र धरातलमा ओर्लिएको थियो ! महाकविको आत्मालाई यसबाट सन्तुस्टि मिलेको हुनुपर्छ ।
देवकोटा एकमहिना मस्कोमा उपचारमा रहँदा सिंगो एक काव्य नै सृजना गरेका थिए भन्ने अनुमान छ । उनले मुलत: अंग्रेजीमा लेखेका थिए । उनका केहि कवितालाई ल्युद्मिला आगानिनाले मूल अंग्रेजीबाट रुसी भाषामा अनुवाद गरेकी थिइन् । आगानिनाले देवकोटा दम्पतीको मस्को बसाईमा दोभाषेको काम गरेकि थिईन्र । देवकोटाले अंग्रेजीमा लेखेका कविताहररूको मूल सङ्ग्रह फेला नपरे पनि केहि कविता भने रुसी भाषामा प्रकाशित छन् । त्यसमध्येको एक कविता ‘नेपालका पर्वत शृंखला’को रुसी अनुवाद यसप्रकार छ ।
कृष्णप्रकाश श्रेष्ठले यस कविताको अन्तिम प्याराग्राफको भावानुवाद यसरी गर्नुभएको छ ।
ऐले म छु नगरमा, भनिन्छ जो मास्को,
सुन्दर छ मास्को, लाग्छ दन्त्यकथाजस्तो ।
मास्को नदीछेउ देख्छु दृश्य नेपालकै,
मनभित्र याद फुर्छ नित्य स्वदेशकै ।।
आँखा अलि झिम्म गर्दा देखिन्छ झल्झल !
नेपालका पाखापर्वत यूँरंगका नील,
नेपालका नदीनाला यूँरंगका नील,
नेपालको आकाश पनि यूँरंगकै नील ।
यस कविताको छन्दोबद्द अनुवाद रुसी कवि पावेल झेलेज्नेभले गरेका हुन् !
०००
Subscribe
Login
0 Comments
Oldest






































