
टिकटक चिन्ता
बिनाकारण किन आँसु झार्नु अदालतमा बिन्तिपत्र हाल्नु अरु त के गर्न सकिन्छ कि आन्दोलन गर्नु कि राँके जुलुस गर्नु जाबो टिकटको लागि रोएर किन इज्जत फाल्नु ।

भोलानाथ सुवेदी :
बोल्न मुख बन्द भएको होइन
हिँड्न खुट्टा बाँधिएको होइन
तिम्रो शरीरको लगाम अरुसँग छैन
किन ओठ तालु सुकाउँछौ महोदय
उसले तिम्रो भाग खोसेको छैन
सरकार कसैले चिन्न सकेन
राम्रो कामको पनि गुनगान भएन
पटका पड्केर सातो गयो रे
त्यसैले टिकटक बन्द भयो रे ।
न टिकटकले खेत जोत्ने
न गोडमेल मल हाल्ने
काम सघाउला भन्ने छैन
बिनाकारण किन आँसु झार्नु
अदालतमा बिन्तिपत्र हाल्नु
अरु त के गर्न सकिन्छ
कि आन्दोलन गर्नु
कि राँके जुलुस गर्नु
जाबो टिकटकको लागि
रोएर किन इज्जत फाल्नु ।
०००
(९८४३०५४१६१)