साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुस्याहालाप

नेताहरूरूको ता झन् कुरै नगर । हामीलाई डक क्याचर पठाउने यै मूलाहरू हुन् । चूपचाप का अनि ठाउँमा गएर गुजुल्टिएर सुत् ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरूराते, चितुवा, पाङरे, पाङरी, काली, टाटे, छिर्के, कान्छी, काली ।

(दृश्य विवरणसमयः बिहानी पख । सुनसान सड़क छेउरको चिया दोकानभित्र गाउँका भुस्याहा कुकुरहरू एक ठाउँ बसेर गफिएको दृश्य ।)

चितुवा – (लामो हाय काढ़ेपछि) हन हाम्रो गाउँमा के हुनु आँट्यो हौ अचेल….
पाङरे – (भुँडी खोस्रिँदै) किन सपना राम्रो देखेनौ कि क्या हो चितुवा दाइ !
चितुवा – ठैट ! हामीजस्तो भुस्याहा कुकुरलाई के सपना के विपना ?
पाङरी – को’नि पो अरे ! हामी कुकुर जातिलाई एक पेट भर्नु पायो भने भैगो ।
चितुवा – (झिँझेट मान्दै) अरे म कुरा गर्छु आग्राको तिमीहरू कुरा गर्छौं गाग्राको । मैले खासमा भन्न खोजेको हो भने हिजोआज खोई हामीले चिनेका सर म्याजडमहरू मर्निङ वक् गर्न आएको देख्दिनँ ता ।
टाटे – हो हो चितुवा बडाले ठिकै भन्यो । मलाई सधैँ एक पाकिट बिस्कुट दिने राम्रो म्याम् आउनै छोड्न् ।
राते – एकैजना पनि अचेल बाटामा देख्दिनँ म ।
चितुवा – साँच्चै मोराहरूले गोर्खाल्याण्ड पायो कि क्या हो ? सबै साइसुत्तै पो छन् ता ।
राते – एई चूप ! कुकुर भएर कुकुरजस्तै बस्नु सिक् । मान्छेको बेउरा नदेखा है यहाँ । उनेरले गोर्खाल्याण्ड पाओस् कि नपाओस् तँलाई के को खसखस ?
चितुवा – उनेरको गोर्खाल्याण्ड भयो भने नुनिया चामल खान पाइऩ्छ नि ।
राते – (सुतिरहेकै अवस्थामा) खालास् निनिया । घर घरमा दामी दामी कुकुर पालेर भूइँमा खुट्टै हुँदैन होला ।
चितुवा – को’नि पो अरे ! गोर्खाल्याण्ड नपाउँदा ता यस्तो छ पायो भने ता यी कौडेहरूले हावाजहाज उड़ाउँछन् होला ।
टाटे – आ…ठिकै पनि छ हौ नपाको हई ।
राते – भयो भयो । कुकुर भएर कुकुरजस्तै शान र मानले बस् तिमीहरू । यो मान्छेको कुरा गर्न तिमीहरूलाई के मज्जा लागेको हँ ! म ता छक्कै पर्छु ।
पाङरे – होइन राते सड़ा कोही मान्छे ता आँखैमा राख्दा पनि नबिझाउने खालका हुन्छन् । कोही चैँ लड़ाउँदै टोक्दा पनि धेत मर्दैन अऩ्त ।
छिर्के – अम्मुई बिग टक नगर् न । त्यो राम्री म्याम आउँदा ता सिरियस भएर पुच्छर हल्लाउँदै लुखुर लुखुर उसैको पछि हिँड्छस् ता ।
पाङरे – एक पाकिट बिस्कुट डल्ली दिएकी देख्दैनस् । दाउ पऱ्यो भने ता कोड़ीको पनि पाउ मोल्नुपर्छ नि ।
काली – को’नि ! को’नि ! अन्त म पान दोकान छेउमा गुँड़ुलिएर निदाउन लागेको बेला त्यो सिण्टेक्सजस्तो म्याम आएर उसको हाई हिलले पुच्छरमै टेकिदिएर भुतुक्कै पारिनन् ।
चितुवा – तँ पनि ता कहाँ नहेरी बाटोमै सुतेको ?
पाङरे – मोबाइलमा मच्चिँदै बात मार्ने धुनमा झण्डै ममाथि पो । के को सोँचिराको थिएँ कि म ता म्युनिसिपलको डग क्याचर पो मलाई समात्नु आयो भनेर मरिगए नि ।
छिर्के – साँच्चै हो ता त्यो म्याम हेर्दा जाली बोकेर हामीलाई खेदने काले धमरधुस डग क्याचरजस्तै छ अन्त ।
काली – जस्तो बेउरा त्यस्तै रुप ।
पाङरे – कसो उसको हाईहिल मेरो भुँडीमा परेन अन्त । परेको भा यो भुँडी हाईहिलले छेडेर दुलो पर्नेथ्यो । सिमेण्ट ढलाइ गर्ने मेशिनजस्तो त्यो ढोक्सी म्याम् मरिन् भने नि हेरिमात्रै राख्न अर्को जन्ममा पक्कै म्युनिसिपलको डग क्याचर भएरन भने मेरो नाम पाङरे होइन ।
राते – (दिक्क मान्दै) उफ ! भयो ! भयो ! मान्छेको कुरा नगर् भनेको । हामी कुकुर जातिलाई थात्रे मान्छेको कुरा गर्नु सुहाउँदैन । (पुलिस पेट्रोलिङमा आएको देखर फुच्ची कान्छी मच्ची मच्ची भुक्छे)
राते – (झिँझेट मान्दै) एई कानछी ! चूप । चिनिनस् पुलिसलाई पनि । लकडाउन ड्यूटीमा आको ।

छिर्के – अहिले डँड़ाल्नु मस्किने गरी पुलिसको डण्ठा भेटेको बेला थाहा पाउँछे नि ।
कान्छी – (मुख छुच्चो पार्दै) डग क्याचर भनेर भुकेकी नि । हाम्रा मामालाई लगेर शालाहरूले छोडेकै छन् अन्त ।
चितुवा – डग क्याचर होइन अहिले पुलिसहरू मान्छे क्याचर भएका छन् ।
टाटे – अहिले डग क्याचर आउँछ भनेर नसुर्ताए हुन्छ । आयो भने नि पुलिसले यिनीहरूको ढाड मस्काउँछ ।
पाङरे – अचेल मान्छेहरूको मुखमा के बाँधेको त्यस्तो ?
राते – मुखको बिर्को ।
पाङरे – किन नि ?
चितुवा – जहाँ पायो त्यहीँ नथुकोस्, जताभावी नबोलोस्, अर्काको खोइरो नखनोस् भनेर बिर्को लगाको ।
राते – यो लकडाउन भएर मान्छेहरू घरबाट निस्किन छाड़ेपछि बाटाहरू हेर् ता सफा भएको देखिनस् तँहरूले ?
टाटे – पहिला ता शालेहरूले पान्, गुटखा, खैनी खाएर जताततै प्याच्चै प्याच्चै थुकेर केही थिएन ।
पाङरे – अहिले ता सडक कति सफा भएको छ । (प्रसङ्ग बद्लेर) मलाई देख्ने बित्तिकै ढुङ्गाको घुँयोत्रो हान्ने मान्छेले अस्ति ता कम्ति पुलिसको स्वाँठ भेटेको होइन ।
कान्छी – को’नि के भाको हई त्यो मान्छे ! हामीलाई देख्यो कि ढुङ्गा टिपेर हानी पो हाल्छ ता ।
चितुवा – त्यसलाई पुलिसे हानेको चैँ ? पुलिसको डण्ठा भेट्दा उफ्रेको देख्यौ तिमीहरूले ?
टाटे – किन नदेख्नु ? लाइभ देख्यौं नि । मदारीले बाँदर नचाएको जस्तो देखेको नि ।
कान्छी – ठिक्कै पर्‍यो । हाम्रो पाप लागेको नि । त्यसको ढुङ्गाको झटारोले मेरो खुट्टामा लागेर कतिदिन हिँड़्नु सकिनँ अन्त ।
चितुवा – मलाई खाने बाघले तँलाई पनि एक दिन न एक दिन खान्छ हौ । सहनु मात्रै पर्छ । (माथि फ्ल्याटबाट केही मानिसहरूले भुस्याहाहरूलाई खानेकुरो ल्याएको देखिन्छ)
राते – लु हाम्रो खाना आइपुग्यो । त्यहाँ फेरि मान्छेको बेउरा कसैले देखाउँदैन नि ! याद राखेस् । (सबै भुस्याहाहरू खाना बाँड़ेको ठाउँमा पुच्छर हल्लाउँदै पुग्छन् )
चितुवा – हामीलाई सधैँ खाना बाड़्ने ऊ त्यो मान्छे चाहिँ को हो हँ ?
टाटे – चिनेनौ ? जमानामा पार्टीको झण्डी बोकेर गाउँघरमा रँड़ाको मच्चाउने एई ता हो । अहिले आफै झण्डीजस्तो भएर हल्लिएको देखेनौ ? आफ्नो ठाउँमा जौँ भने जाइसक्नु छैन ।
पाङरे – तर त्यहाँ पावरमा हुनेहरूको पनि खै बाहिर थुना परेकाहरूलाई ल्याउन सकेका छैनन् अरे नि हो ?
कान्छी – परैहरू अहिले फुर्सद पाएर सेफ्टि ट्याङ्कतिर लुकाएर राखेका पैसा गन्नमै व्यस्ता होलान् । अरुको के याद गरोस् ।
राते – (झपार्दै) एई ! तिमेरू के भाको हँ के साह्रो मान्छेको कुरा गरेको ?
पाङरे – मान्छे होइन हौ नेताहरूको कुरा गरेको ।
राते – (झोंक्किएर) नेताहरूरूको ता झन् कुरै नगर । हामीलाई डक क्याचर पठाउने यै मूलाहरू हुन् । चूपचाप का अनि ठाउँमा गएर गुजुल्टिएर सुत् । (सबै भुस्याहाहरू चूप लागे पनि पाङरे बोल्न छोड्दैन )
पाङरे – तपाईं अर्डर मात्रै दिनोस् न यी नेताहरूलाई हामी यङ्ग भुस्याहरू मिलो टोकेरै….
चितुवा – (खिसी गर्दै) के अरे के अरे ? नेताहरूलाई टोक्छस् अरे ? यी नेताहरू मिलेर हामी भुस्याहालाई टोके डाइरेक्ट मान्छे बनाइदेलान् नि । लाखेस् ।
राते – नेताहरूरे विष भुस्याहाहरूको शरीरभरि नफैलियोस् । कुरा त्यति हो । (सबै भुस्याहाहरू एका अर्कामा हेराहेर गर्छन् ) ।

पर्दा खस्छ ।

०००
सिलगडी (भारत)

इलेस्ट्रेसन : गुगलेश्वर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x