साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुख मात्रै के कालो बनाउँनु ?

के गर्नु रिसाउँन पनि पावर हुनुपर्छ हस हजुरको टावर हुनुपर्छ त्यसैले रिसाउँने कुनै क्षमता छैन मेरो जाबो रिसले आखिर क्यै लछार्दैन तर पनि नरिसाउँनु रिसाइसकेपछि मुख मात्रै के कालो बनाउँनु ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु
ओठ फर्फराउँनु पर्छ
जीउ थर्थराउँनु पर्छ
आँखा रातो हुनुपर्छ
कान तातो हुनुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ?

माथ्लो दाँतले बेस्सरी किचेर तल्लो ओठ
छर्छरी रगत निकाल्नु पर्छ
तेस्का बाजेदेखि सत्तो फलाकेर
सरापका थाङ्ग्रा हाल्नुपर्छ
मुठ्ठी बटार्नुपर्छ
गोडा फार्नुपर्छ
फट्कारेर अङ्ग प्रत्यङ्ग
अहंकारको धूलो झार्नुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुखमात्रै के कालो बनाउँनु ?

म पनि त रिसाउँन खोजेकै त हो नि
कोप्र्याक पारेर दुनियाँलाई
आत्म संतुष्टिमा
बिसाउंन खोजेकै त हो नि
के गर्नु
रिसाउँन पनि पावर हुनुपर्छ
हस हजुरको टावर हुनुपर्छ
त्यसैले रिसाउँने कुनै क्षमता छैन
मेरो जाबो रिसले आखिर क्यै लछार्दैन
तर पनि
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x