बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मुख मात्रै के कालो बनाउँनु ?

के गर्नु रिसाउँन पनि पावर हुनुपर्छ हस हजुरको टावर हुनुपर्छ त्यसैले रिसाउँने कुनै क्षमता छैन मेरो जाबो रिसले आखिर क्यै लछार्दैन तर पनि नरिसाउँनु रिसाइसकेपछि मुख मात्रै के कालो बनाउँनु ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु
ओठ फर्फराउँनु पर्छ
जीउ थर्थराउँनु पर्छ
आँखा रातो हुनुपर्छ
कान तातो हुनुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ?

माथ्लो दाँतले बेस्सरी किचेर तल्लो ओठ
छर्छरी रगत निकाल्नु पर्छ
तेस्का बाजेदेखि सत्तो फलाकेर
सरापका थाङ्ग्रा हाल्नुपर्छ
मुठ्ठी बटार्नुपर्छ
गोडा फार्नुपर्छ
फट्कारेर अङ्ग प्रत्यङ्ग
अहंकारको धूलो झार्नुपर्छ
नरिसाउँनु रिसाइसकेपछि
मुखमात्रै के कालो बनाउँनु ?

म पनि त रिसाउँन खोजेकै त हो नि
कोप्र्याक पारेर दुनियाँलाई
आत्म संतुष्टिमा
बिसाउंन खोजेकै त हो नि
के गर्नु
रिसाउँन पनि पावर हुनुपर्छ
हस हजुरको टावर हुनुपर्छ
त्यसैले रिसाउँने कुनै क्षमता छैन
मेरो जाबो रिसले आखिर क्यै लछार्दैन
तर पनि
नरिसाउँनु रिसाइसकेपछि
मुख मात्रै के कालो बनाउँनु ?

०००
गाैरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साला भाषण !

साला भाषण !

खगेन्द्र नेउपाने
बिचरा भेडाहरू !

बिचरा भेडाहरू !

खगेन्द्र नेउपाने
नेता ज्यू !

नेता ज्यू !

खगेन्द्र नेउपाने
हे सरकार !

हे सरकार !

खगेन्द्र नेउपाने
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी