साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्द गरौँ !

स्वदेशमा रोजगारी बन्द गरौँ ॥ बुर्जुवा शिक्षाको सर्टिफिकेटले हुनेखाने हुन कहिल्यै दिएन गाउँका स्कुल मात्र किन ? बजारका विश्वविद्यालय बन्द गरौँ । खाली कोही नबसौँ । चौबिसै घण्टा दुई नब्बरी धन्दा गरौँ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

कति गर्नु देशको विकास ?
अति भो अब बन्द गरौँ ।
चारै दिशातिरको निकास बन्द गरौँ ॥
गर्न सक्नेलाई काइदा हुन्छ
भ्रष्टाचारको धन्दा गरौँ ।
अलिकति बाँकी भएको
नैतिकता जति बन्द गरौँ ॥

हामी सबैलाई फालाफाल पुग्ने
कुराका कम्पनी खोलौँ ।
फाइदामा गएका सबै
उद्योगधन्दा बन्द गरौँ ॥
देश एउटै हो,
सिँगापुर र स्विजरल्याण्ड
कति बनाउनु ?
अलिकति बाँकी भएको
संस्कृति र सभ्यता बन्द गरौँ ।

सोझो औँलाले
घिउ पनि आउँदैन साथी
शरीर नै बङ्ग्याएर
आफ्नो भकारी भरौँ ।
१८ देखि ४९ वर्षसम्मकालाई
स्वदेशमा रोजगारी बन्द गरौँ ॥
बुर्जुवा शिक्षाको सर्टिफिकेटले
हुनेखाने हुन कहिल्यै दिएन
गाउँका स्कुल मात्र किन ?
बजारका विश्वविद्यालय बन्द गरौँ ।

खाली कोही नबसौँ ।
चौबिसै घण्टा
दुई नब्बरी धन्दा गरौँ ॥
इमान्दारहरुलाई त अब,
नागरिकता दिन पनि बन्द गरौँ ।
बन्द गर्न नै तम्सिएपछि
साना कुरामा किन खुट्टा कमाउनु ?
सकिन्छ भने सबै मिलौँ अनि,
भोक लाग्दा खाने मुख बन्द गरौँ ।
खाएको कुरा फाल्ने मलद्वार बन्द गरौँ ॥

०००
स्याङ्जा

इलस्ट्रेसन साभार : नयाँ पत्रिका दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x