सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खुचिङ

लिगलिगका घलेहरूको नौनी घसेको तिघ्रोको उद्देश्य जब बिग्रियो त्यसबेला अरीको खुचिङको स्वाद चाख्न पुगे । अधोमुखीबाहेक उर्ध्वमुखी मुसाले समेत यसको पापड हसुर्नु पर्दैन । ओरालो लागेको र उत्तानो परेकाले मात्र यसको स्वाद आकण्ठमस्तक हजम गर्न भेट्टाउँछन् ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

दुवै पाखुराहरू कोणात्मक बनाई झ्याप्प जीउतिर हानी ‘उँ’ को आवाज निकाल्नु खुचिङ हो क्या । खुचिङ घुर्कीभन्दा जेठो र निहुँभन्दा कान्छो छ । सबै तहका मानिसले वैरीको खुट्टो धरापमा पर्दा प्राय यस शब्दलाई प्रयोग गर्न भुल्दैनन् । यो आँट हुनेको भन्दा नहुनेको साधन हो । आमोख्वावोइ गरी कुर्सीमा थच्चिन सक्नेलाई खुचिङको सिङ पुच्छरले नि भेट्न सक्दैन ।

लिगलिगका घलेहरूको नौनी घसेको तिघ्रोको उद्देश्य जब बिग्रियो त्यसबेला अरीको खुचिङको स्वाद चाख्न पुगे । अधोमुखीबाहेक उर्ध्वमुखी मुसाले समेत यसको पापड हसुर्नु पर्दैन । ओरालो लागेको र उत्तानो परेकाले मात्र यसको स्वाद आकण्ठमस्तक हजम गर्न भेट्टाउँछन् । यसले कञ्चनजङ्घा चढ्न लागेको दिउरेलाई केही नगरी मुसहरनियाको टिउरेलाई चाहिँ अचम्मले पेल्दछ ।

बाटुले काजी खुप बलियो भएको रफ्फू धाक लगाउँथ्यो । चराउन लगेको आफ्नो गोरूले लखेट्दा रातो माटोमा चिप्लिई उत्तानो पन्यो । कट्टु अस्वाभाविक ओर्लियो र राताम्मे भयो । थुम्काको डाँडाबाट हेरिराखेको कणर्ेले मिठास मान्दै भन्यो । फुइँ लगाउँथ्यो काजी खुचिङ ।

संसदमा अविश्वास प्रस्तावको सामना गर्न मजस्ताको लागि कुनै नौलो समस्या होइन भन्थिस् । सधैँ मलाई चेपुवामा पारी काम गरेकोमा अहिले तेरोपछि लाग्नेले के लछायो अन्त्यमा मरिच चुरमुरिस् । सिंहदरबारको जस्केलाबाट प्रधानमन्त्री लापत्ता भएकोदेखि खितिति हासे म । त्यही बेला हावाले मेरो भादगाउँले टोपी लुछ्यो त्यसपछि म खुचिङ मार्दै अन्यत्र मोडिएँ ।

मेरा एकजना मित्र थिए । बाहिरी हाउभाउ र अभिनयमा असाध्यै त्यागी देखिन्थे । उनको विशेषता मनभित्र तीन पाथी क्रोध बोक्नु थियो । गुलियो कुरामा अरूलाई भुलाउने उनको दिनचर्या नै थियो । आफ्नो सबै राम्रो र अरूको सबै नराम्रो देख्ने गजबको छिपेको शैली उनले विकास गरेका थिए । सबै हाम्रो राम्रो भन्थे सबै राम्रो हाम्रो भन्दैनथे । अगाडि प्रशंसा गरी पछाडि खुचिङ मार्नु उनको बानी नै हो । कोही उसलाई खुचिङ बाहुन भन्थे भने कोही ‘खुचिङ काठो ।’

भन्सारको एक हाकिमकी पत्नीको कम चुरीफुरी थिएन । एकएक घण्टामा नाना फेरिरहने उनको बानी थियो । छिमेकीलाई सम्पन्नताको फुइँ लगाउनु उनको स्वभाव नै बनेको थियो । टोल छिमेकका दिदी बहिनीलाई नौथरी नाम राख्ने पुरेतनी बज्यै थिइन् । शरीरको रूप, रङ्ग र स्वभाव हेरेर नामको न्वारन गर्द थिइन् । भङ्गेरी, चमेरी, दाउरी, बेसारे, कल्चौडी र मुसी कति कति । भित्रभित्र रिसाए पनि डरले अगाडि कोही चुइक्क पनि गर्दैनथे । एकदिन ती मैयाँको घर आगलागीमा स्वाहा भयो उनको पतिमहाराजले पनि दन्दनाउँदो अग्निमा पिल्सिएर सिल्टिमुर खाए । अब टोलका दिदीबहिनी बाहिर निस्की देखाउन थाले खुचिङको शैली । कोही गाग्रो बोक्दै, कोही कुचो उचाल्दै, कोही छोराको भोटोको तुनु तुन्दै खुचिङको शब्द । यस्तो विपत्ति हेर्न हुन्न भनी म कुदै थिएँ फरिया उचालेर खुचिङ भन्न लागेकी एक महिलाको धुचुकमा ठोकिएर उत्तानो परें । बल्ल के उठेको थिएँ उनले भनिन्- गुन हरामीलाई सहयोग गर्न जान खोजेको ‘खुचिङ’ ।

धारामा पछि आए पनि पालो मिच्ने त्यसै गरी घट्टमा पनि । भिरालोपाटे पम्फाको यो स्वभाव सबैले चिनेका थिए किन्तु कसैले पनि मुख फोर्दैनथे । एक दिन घट्टको भारी लिएर उनी कुद्दै थिइन् । कुलोमा लडेर भारी पानीमा डुब्यो। शरीरका वस्त्र सबै चरनाम भए । वारिबाट हेर्ने सिरान घरे उर्वसी र पारिबाट हेर्ने माझघरे सुसे खुसी भई भन्न थाले क्या मज्जा भयो खुचिङ ।

घर, खेत सबै स्वाहा बनाएर विदेश नजा । भोलि त्यो सम्पत्ति उड्यो भने हालत खराब हुन्छ भन्दा टेरिनस् । अहिले कस्तो भयो नि ? यति खेर तैले दुःख पाएको बेला हामीले खुचिङ मारेको छौं र ? शत्रुले चाल पाए भने के होला ? खुचिङ मानीमानी रमाउन बेर छैन ।

छोरीको बिहे चाँडै गरिदिएर म ठूलो मान्छे हुन्छु भनी ठानिस् । हामीले कत्ति सम्झाउँदा पनि टेरिनस् । यतिखेर बच्चा पाउन नसकेर छोरी बित्दा छिमेकीले ‘खुचिङ’ मार्लान् भन्नु व्यर्थ छ ।

राजनीति त्यागको विषय हो । त्याग गर्ने आँट छैन भने राजनीति नगर्नुहोस् भन्दा उबेलामा टेर्नुभएन । अहिले धन पनि स्वाहा समय पनि बर्बाद । अब अहिले आएर विरोधीले खुचिङ बजाए भन्नु सुहाउने कुरा हो ? आफ्नो मातृभूमि छोडेर विदेशमा बसोबास गर्न जानुहुन्न भन्दा वास्ता गरेनौ त्यतिखेर । अहिले पछुताएर हुनेवाला केही छैन । वैरीले खुचिङ मान्यो रे भनेर अदालतमा उजुरबाजुर लाग्दैन त ?

ज्वाइँले चाहेको विषय पढ्न देऊ । उनको रुचिमा भाँजो हाल्न हुन्न भन्दा तिम्रो कानमा बतास चलेन । अहिले आफ्नो एक करोडको घर पनि रहेन, ज्वाइँ पनि सफल भएनन् भन्नु लायक छ त ? यस्तोमा कसले चाहिँ खुचिङ मान्ला र ?

खुचिङ के हो ? यो आर्तहरूको घाउमा छर्ने नुन खोर्सानी हो कि बलियोलाई पछार्ने अस्त्र । अरूको स्वाभाविक प्रगति पचाउन नसक्नेहरूको घीनलाग्दो शस्त्र । लाज पचाउने गोली हो कि घ्यू पचाउने…! सबैले बुझ्नु काइदा होला । नभए फाइदा कसैलाई पनि …।

०००
काठमाडौं

इलस्ट्रेसन :लाेकान्तर डटकम

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आज नै

आज नै

देवीप्रसाद चापागाईं
चियो

चियो

देवीप्रसाद चापागाईं
मूर्खोपचार

मूर्खोपचार

देवीप्रसाद चापागाईं
‘प्रयत्न’ गफ कि यथार्थ ?

‘प्रयत्न’ गफ कि यथार्थ...

देवीप्रसाद चापागाईं
उखान कि पद्यलय ?

उखान कि पद्यलय ?

देवीप्रसाद चापागाईं
केही ‘याईं’हरू

केही ‘याईं’हरू

देवीप्रसाद चापागाईं
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x