बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

लम्पसारवाद जिन्दावाद ?

जिन्दावाद भनौँ आऊ, क्रान्तिका वीर-सारथि । उनैका स्तुति वा भक्ति, भजेरै गर आरती ॥ लम्पसार नयाँ वाद, हाम्रै मगज-सूत्र हुन् । रोध-विरोधका शक्ति, कामी र पश्चगामी हुन् ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

पुराना वाद मासेर, नयाँ वाद सजाउँछौँ । badri prasad dahal
प्लेटो अरस्तु ताछेर, व्यास गान्धी कजाउँछौँ ॥
सुकरात भए जीर्ण, माओ अजीर्ण भैसके ।
लम्पसार नयाँ वाद, जन्मदा अरु गैसके ॥१॥

शङ्कराचार्य फिक्का छन्, फिक्का चाणक्य लेलिन ।
मजेम्दार र गोन्जालो, थोत्रिए मार्क्स-स्टालिन ॥
लम्पसार नयाँ दृष्टि, सृष्टि गर्छ विकासको ।
हाम्रै फ्यूजननै आज, नव-वाद प्रकाश भो ॥२॥

जल जङ्गल वा भूमि, सुरम्य ताल सम्पदा ।
प्रभुका गिद्ध-आँखामा, सधैँ अस्थिर चञ्चला ॥
प्रबुध्दका सबै भेला, सत्य सुझाव फालिए ।
इपिजी नाममात्रै भो, रद्दीमै फेरि गालिए ॥३॥

पुराना वाद हुन् झ्याउ, हाम्रो वाद त च्याउ हो ।
चन्द्रमा दाहिना बन्ने, हाम्रो सिद्धान्त ढ्याउ हो ॥
पुतली नाचमा घुम्दै, गरौँ गजब नट्खट ।
डग्मगिन्न यहाँ सत्ता, कोही गर्दैन गड्बड ॥४॥

जिन्दावाद भनौँ आऊ, क्रान्तिका वीर-सारथि ।
उनैका स्तुति वा भक्ति, भजेरै गर आरती ॥
लम्पसार नयाँ वाद, हाम्रै मगज-सूत्र हुन् ।
रोध-विरोधका शक्ति, कामी र पश्चगामी हुन् ॥५॥

सबै चिन्तन हुन् चिन्ता पीडा दुःख र उल्झन ।
लम्पसार नयाँ वाद मोजको गर्छ गुन्जन ॥
आयात गर कुर्कुस्त, निर्यात शून्यमा झरोस् ।
लम्पसार नयाँ वाद आजको नव दृष्टि होस् ?? ६॥

०००
धादिङ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को महानायक !

को महानायक !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ओर्ल क्वै राजनेता ?

ओर्ल क्वै राजनेता ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जम्रा र किर्ना बढे ?

जम्रा र किर्ना बढे...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
भोके भन्छन् ! जय जय पद, सुरक्षाको छत ?

भोके भन्छन् ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद दशैँ

जिन्दावाद दशैँ

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय – शिक्षक ! धन्य – दीक्षक ! !

जय – शिक्षक !...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
को महानायक !

को महानायक !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ओर्ल क्वै राजनेता ?

ओर्ल क्वै राजनेता ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पदमै झन् चटारिने ?

पदमै झन् चटारिने ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
संविधान ? संविधान ? ? संविधान ? ? ?

संविधान ? संविधान ?...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
विकृतिको ब्रीज हुनसक्दैन तीज

विकृतिको ब्रीज हुनसक्दैन तीज

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुरे नेताका भुरे हुङ्कार !

जुरे नेताका भुरे हुङ्कार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’