साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा

बाहिर मात्र होइन, मन भित्रको लिपपोत अनिवार्य हुन्छ तिहारमा । काग, कुकुर, गाई गोरुको पूजा, भाइटीका पूज्य कार्य हुन्छ तिहारमा ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

बिपिन जोशीको प्रतिक्षामा देश- १

आँगनमा ढकमक्क फूलेको
सयपत्री प्रतीक्षा गर्दै ओइलाएको छ
दाइलाई लाउन नपाउँदा भाइटीका,
बहिनी “पुष्पा”को मन,
सल्ला झैँ सुसाएको छ ।
नेपाल आमाको सपूत बिपिन
नफर्किंदा कच्मचिएछ तिहार,
व्यथित छ तिमी बिना राष्ट्र
आँखा रसाएको छ ।

कहाँ छौं कसरी, चिन्ता छ मनमा ।
फर्कने छौ छिट्टै शुभेच्छा बिपिनमा ॥

सयपत्री नेपाली बारीको- २

मलाई मनपर्छ सयपत्री मेरो बारीको
बारीको हुँदाहुँदै किन प्यारो पारीको ?
स्थल मेरो, मल पनि मेरो, जल पनि मेरो
पाउँछु नगद, काम छैन पारीको, उधारीको ।
सयपत्रीका लागि पनि, भरपर्दा -अर्कामा ।
ओइल्यायो सयपत्री, किसान परे मर्कामा॥

मनभित्रको लिपपोत- ३

बाहिर मात्र होइन,
मन भित्रको लिपपोत
अनिवार्य हुन्छ तिहारमा ।
काग, कुकुर, गाई गोरुको पूजा,
भाइटीका पूज्य कार्य हुन्छ तिहारमा ।
मखमली, सयपत्री, गोदावरीको
माला लगाऔँ हर्षोल्लासले,
देउसी भैलो लय हालेर गाउनु
अपरिहार्य हुन्छ तिहारमा ॥

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x