साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेइमान जाडो !

हातगोडामा जाली परेका । भारी बोक्दा—बोक्दा थाप्लोमा थाली परेका ॥ उमेरमै सबै दाँत झरेका राज्य र सरकारले कहिल्यै नदेख्ने तीनै दुर्गमका, सर्वपीडितहरुलाई बर्षेनी किन खान्छस् ? ए ! बेइमान जाडो ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

बेइमान जाडो
मान्छे खाने भोक लागेपछि
मासु बढ्यो भनेर
डाइटिङ गर्नेलाई खानु ।
मसल बढाउने भन्दै
जिमखानामा,
फाइटिङ गर्नेलाई खानु ॥
सुट,बुट र टाई लगाएर
सरकारी पैसोमा
विदेश घुम्नेलाई खानु ।
चुनावको बेला,
मिठा—मिठा भाषणमा
दुर्गमको विकास चुम्नेलाई खानु ॥

राम्रो भाऊ पाउँदा
देश बेच्ने नेतालाई खानु ।
जति खाए पनि
कहिल्यै नअघाउने
कर्मचारीलाई खानु ॥
पीडितलाई दिएको राहत
चोर्नेलाई खानु ।
सदाचार र नैतिकताको
चापी फोर्नेलाई खानु ॥

कहिल्यै पेटभरि,
खान नसकेका ।
पटक—पटकको भूकम्पले
लान नसकेका ॥
दश औँला खियाँउदा
हातगोडामा जाली परेका ।
भारी बोक्दा—बोक्दा
थाप्लोमा थाली परेका ॥
उमेरमै सबै दाँत झरेका
राज्य र सरकारले कहिल्यै नदेख्ने
तीनै दुर्गमका, सर्वपीडितहरुलाई
बर्षेनी किन खान्छस् ?
ए ! बेइमान जाडो ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x