साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१०)

दाजुभाइ बुबाआमा दिदी बैनी र सज्जन साइनो अहिले गाँस्छु जिते कोही म चिन्दिनँ । नाता गोता खुट्याएर खुट्टा ढोग्न म जान्दछु जित्नासाथ सबैलाई तुच्छ मानिस ठान्दछु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

अरूको गाँस खोसेर आफ्ना तर्फ थुपार्दछु
मैले भाषणमा देश राम्रोसँग सपार्दछु ।(९१)

मैले गर्दा सबैथोक हुन्छ कानुन सम्मत
त्यसैले नै बढेको छ मेरो अचेल हिम्मत ।(९२)

उल्टो गर्न मिले मौका लाग्छ साह्रै रमाइलो
झुट्टो बोलेर पाएको भोटको जित स्वादिलो ।(९३)

मैले जिते घरैपिच्छे हीरा ,मोती फलाउँछु
सुनको थालमा भान्सा धरोधर्म गराउँछु ।(९४)

पाए संसदमा छिर्न कुम्भकणर् सुते सरि
सुत्छु म देशका लागि बाघझैँ घुर्छु बेसरी ।(९५)

सेवा र सुविधा आफ्नो भ्याएसम्म बढाउँछु
मेरो जागिरको म्याद थप्ने कोसिसमा म छु ।(९६)

दीन हीनहरू भन्दै माग्छु अर्थ जुटाउँछु
दुखीका नामको दान आए आफैँ मुठ्याउँछु ।(९७)

कसैको च्यातिए नाना जिताए जान्छु किन्न म
सम्झेर बिर्सने गर्छु चासो जितेर लिन्न म ।(९८)

दाजुभाइ बुबाआमा दिदी बैनी र सज्जन
साइनो अहिले गाँस्छु जिते कोही म चिन्दिनँ ।(९९)

नाता गोता खुट्याएर खुट्टा ढोग्न म जान्दछु
जित्नासाथ सबैलाई तुच्छ मानिस ठान्दछु ।(१००)
क्रमशः

०००
हाल- चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x