साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् नेता !

चुनावको बेला, सबै गर्छु भन्ने आश्वासनका कौडी बाँडेर, अमूल्य मत सधैँभरी तान्न सक्छौँ । हामीलाई आफूभन्दा, आफ्ना नेता प्यारो लाग्छ । नेताको दर्शन पाइयो भने अन्य सबै दर्शनका कुरा भाग्छ । महान् बन्नलाई, कसैले गर्न नसक्ने बात गर्नुपर्छ ।

Nepal Telecom ad

गायत्री परिरोशनी :

हामी नेता—हाम्रा नेता
सबै महान् छौँ ।
त्यसैले,
विकासका वाचा र प्रतिवद्धतालाई
एकै पटक हान्न सक्छौँ ।
देशकै मुटु —कलेजो खानेलाई
अमूल्य भोट दिएर छान्न सक्छौँ ।
थिति, विधि र पद्धति बेच्नेलाई
ठूलै उपलब्धी मान्न सक्छौँ ।

सदाचार र नैतिकता भन्ने कुरो
कहिले सिँगापुर त
कहिले स्विजरल्याण्ड पुग्दा
निर्यात व्यापार फस्टायो भनेर
जान्न सक्छौँ ।
अधिकार र कर्तव्यका मिठा भाषणलाई
दण्डहिनता फुराएर झान्न सक्छौँ ।
लाज सरम पचाएर
आफैले थुकेको थुक
चाट्न सक्नेलाई,
प्रगतिको छलाङ् ठान्न सक्छौँ ।

चुनावको बेला,
सबै गर्छु भन्ने आश्वासनका
कौडी बाँडेर,
अमूल्य मत सधैँभरी तान्न सक्छौँ ।
हामीलाई आफूभन्दा,
आफ्ना नेता प्यारो लाग्छ ।
नेताको दर्शन पाइयो भने
अन्य सबै दर्शनका कुरा भाग्छ ।
महान् बन्नलाई,
कसैले गर्न नसक्ने बात गर्नुपर्छ ।
कसैले गर्न नसक्ने घात गर्नुपर्छ ।
जय होस, हामी महान्
अनि हाम्रा नेता महान् ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x