साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजो-आज

राष्ट्रनीति बनेको छ भागबण्डा भारी निषेदको नीति बन्यो आलोपालेधारी । हिजो आउँन्थ्यो कोरियामा नेपालको धान आज युवा मरेका छन् कोरियामा जान ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

चोरलाई चौतारो छ साधुलाई सुली
भनेजस्तो भएको छ युवालाई गोली ।
हिजो थियो शान्तिक्षेत्र आज कुरुक्षेत्र
अपराधी केन्द्र बन्यो राजनीति-क्षेत्र ॥

रोजगारी यतै थियो गयो देशपारि
युवाहरू गोता खान्छन् खोजी रोजगारी ।
धर्म थियो भकारीमा सनातनी साझा
कर्म थियो मुलुकमा किसानीको ताजा ॥

हिजो थियो कताकतै कौटिल्यको नीति
आज आयो जताततै वेथितिको नीति ।
नीतिसिति यत्रैसिति भन्न थाले मन्त्री
भद्रगोल पार्न थाले खाँटी गणतन्त्री ॥

केटाकेटी खेलेजस्तो खेल खेल्छन् नाइके
ख्यालठट्टा गरेजस्तो बोली बोल्छन् टाउके ।
बोलेपछि हुन्थ्यो हिजो रामवाणसरि
आज जेजे बोले पनि हुन्छ मनपरी ॥

राष्ट्रनीति बनेको छ भागबण्डा भारी
निषेदको नीति बन्यो आलोपालेधारी ।
हिजो आन्थ्यो कोरियामा नेपालको धान
आज युवा मरेका छन् कोरियामा जान ॥

बेसाएर कतिञ्जेल खाने ।
अन्नबाली हरायो रैथाने ॥

०००

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x