साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको चित्र

बजार भाउ उक्लियो, बढेन जीवनस्तर । विषाद भोक, रोगको भएन चाप मत्थर । निजामती तटस्थता रहेन स्वच्छ सुन्दर । निकृष्ट स्वार्थमा डुबे बने दलीय पुच्छर ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

विदेशमा गए युवा स्वदेशमा रहे लुला ।
विदेशबाट भित्रियो अनाज, काउली, मुला ।
कृषि प्रधान देशमा मकै फलेन फापर।
झुलेन धान, मन्सुली कता गएछ जाँगर ?।१।

कुवा, इनार मासिए नयाँ बनेन सत्तल ।
जहाज, रेल, तेलका कुरा रहे रसातल ।
सनातनी चरित्रमा इसाइ चित्र चम्कियो ।
स्वरोजगारको कुरा दराजभित्र थन्कियो ।२।

विकासका कुरा छरे कुरो र सिस्नु उम्रियो ।
विपन्न वर्ग माझमा कुलीनतन्त्र सप्रियो ।
अभाव गास,वासको ललाट छन् यथावत ।
कमाइ छैन के गरी धनी बने सभासद ?३।

स्वराष्ट्र संपदा भयो अचेल मामुली छुसी ।
दिएर लिम्पियाधुरा भएछ इण्डिया खुशी ।
हिमालका नदी बिके विदेशका भए निजी ।
अमेरिकी हुने भयौं यहाँ घसेछ एम्सिसी ।४।

गलेर बन्द छन् हिजो थिए अनेक उद्यम ।
अचेल बेचिंदै गए पिँडालु झैं धमाधम ।
न छन् नवीन योजना, न छन् कुनै परीक्षण ।
निजी निवासले गरे बजेट वित्त भक्षण ।५।

उमेदवार बन्छन्अयोग्य छट्टु काबिल ।
सगोलका जहान नै परे समानुपातिक ।
निषेध योग्यको हुने अरिष्ट भेट्छ आसन ।
समानता कथा भयो विदा भयो सुशासन ।६।

भुजा भयो विकासको बजेट खर्च केवल ।
दलाल भ्रष्ट पुष्ट छन् मिलोमतो दलैदल ।
युवा निराश छन् सबै भविष्य बिग्रियो भनी ।
प्रदेश संघमा पुगी बने हराम नै धनी ।७।

घरेलु काम ठप्प,छन्न मिलेन वेश जागिर ।
विकास भासियो उधो, उठेन राष्ट्र तग्दिर ।
निराश छन् प्रजा विलाप चाङ खात छ ।
जताततै यही सही नसक्नु पक्षपात छ ।८।

बजार भाउ उक्लियो, बढेन जीवनस्तर ।
विषाद भोक, रोगको भएन चाप मत्थर ।
निजामती तटस्थता रहेन स्वच्छ सुन्दर ।
निकृष्ट स्वार्थमा डुबे बने दलीय पुच्छर ।९।

इमान छैन बेचियो,जमान छैन बिर्सियो ।
स्वधर्म मातृभूमिको भुलेर स्वार्थ तेसियो ।
स्वतन्त्र देश यो थियो,परइ तन्त्र रोजियो ।
नृशंस रक्तपातले समृध्दि शाम्ति खोसियो ।१०।

चुनावमा छ धाँधली जितिन्छ भोट नोटले ।
तमाम खोट छन् बुझी सकिन्न भित्र खोटले ।
समाज यो बनाउने कुरा हुँदैछ वञ्चना ।
तिलाञ्जली शहीदले दिए, मिलेन सान्त्वना ।११।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x