साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला थाप्न पर्ने रेछ

बोली हैन गोली जस्ताे बाठो हुनै पर्ने रैछ टेबुलकै मुनि मुनी झोला थाप्नै पर्ने रैछ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

निवासको दायाँबायाँ
अरिङ्गालकै गोला रैछ
टेबुलको मुनि मुनि
पैसा थाप्ने झोला रेछ

आँखै झिम्म पारी पारी
सत्य पनि बोल्नै पर्ने
दरिद्रीलाई टारी टारी
लुकी मोल तोक्नु पर्ने

मीठो खान राम्रो लाउन
झुटै बोल्न पर्ने रेछ
टेबुलकै मुनिबाट
झोला थाप्न पर्ने रेछ

रोकिदिउँला भ्रष्टाचार
फाइदा नै हुन्छ भने
अरूलाइ हटाउँदै
काइदा नै हुन्छ भने

सत्य कुरा सत्य हुन्छ
सत्य चाहिँ बोल्नै पर्छ
झेालै थापी बसेको छु
मूल्य पहिल्यै तोक्नु पर्छ

मेच टेबुल कोठाभरी
सजाएरै राख्नै पर्छ
त्यहि टेबुल सजाउनै
मुनि झोला थाप्नै पर्छ

कुरा कतै फुस्किएमा
बुझ्नेबाटै हैरान हुन्छु
भित्ताकै नै कान हुन्छ
सुन्नेबाटै बैरागिन्छु

बोली हैन गोली जस्ताे
बाठो हुनै पर्ने रैछ
टेबुलकै मुनि मुनी
झोला थाप्नै पर्ने रैछ ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x