साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१६)

खोज्छु विश्वासिला चोर भेटे मित्र बनाउछु गाँसेर गहिरो नाता आत्माभित्र अटाउँछु । आत्माभित्र बसाएर प्रेम गर्दै म बोल्दछु रोए जस्तो कुटे जस्तो गर्ने रहस्य खोल्दछु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

आ-आफ्ना तर्कमा लाग्दा सम्झौता जीर्ण बन्दछ
भागबण्डा नमिल्नाले भाँडिने छेक छन्द छ ।१५१।

हाम्रो यो झगडाभित्र तर्क बितर्क आउँछ
सम्झौता नामको घोडालेनै बाटो बिराउँछ ।१५२।

ठूलो भाग मलाई नै चाहिन्छ नत्र मान्दिनँ
रोज्जा मेरो हुनैपर्छ अरू केही म जान्दिनँ ।१५३।

अनेकौँ स्वार्थका पोका आत्माभित्र लुकाउँछु
चोखो बन्न अरूलाई झुठो आरोप लाउँछु ।१५४।

लाग्छु नाटकमा आफैँ झुठो सत्य बनाउन
अर्काको नाक काटेर आफ्नो नाक उठाउन ।१५५।

यौटा नाटकका निम्ति पचासौं पाप गर्छु म
दौडिँदा पापको बाटो असाध्य दङ्ग पर्छु म ।१५६।

सधैं दङ्ग परौँ भन्दै घटिया कर्म गर्दछु
चोरी गर्न दिँदैदिन्न चोरको भर पर्दछु ।१५७।

बाङ्गो बाटो बताएर ढुक्न लुक्न सिकाउँछु
चोर्न दिन्न कतै चोरे अपराध छिपाउँछु ।१५८।

यो लाग्छ ढुक्नुको अर्थ खोजी सिकारको हुनु
खानु सिकार मारेर सिकारी हुन तम्सनु ।१५९।

पासो थाप्ने थलो खोजी निर्दोषनै फसाउनु
जुक्ति बुद्धि खुराफात गर्ने दिमाग आउनु।१६०।

माझी बनेर माझीनै जालभित्र फसाउन
जानेको छु फसे सोझा जिब्रो हात नचाउन ।१६१।

गुलेली, ढुङ्गा र गोली सबै प्रयोग गर्छु म
चक्कुसक्कु, खुँडा, भाला उचाल्न अघि सर्छु म ।१६२।

खोज्छु विश्वासिला चोर भेटे मित्र बनाउँछु
गाँसेर गहिरो नाता आत्माभित्र अटाउँछु ।१६३ ।

आत्माभित्र बसाएर प्रेम गर्दै म बोल्दछु
रोए जस्तो कुटे जस्तो गर्ने रहस्य खोल्दछु ।१६४।

दरिला योजना बन्छन् दुवैलाई भलो हुने
राम्रै चोर्‍यौ भने साँचो तिमीलाई म सुम्पने ।१६५।
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x