साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१७)

माथि पुग्न परेदेखि आगोमा पनि होमिनु जिम्मेवारी पुगेमाथि भुल्नु भुसुक्क बिर्सनु । दिने औकातनै हुन्न सुविधा दिन्छ ओठले पट्क्कै सम्झना हुन्न पुर्‍यायो माथि भोटले।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

ताला साँचो तिमीलाई सुम्पे बापतमा पनि
भाग मेरो लगाऊ है दुवै मिलौँ बनौँ धनी ।१६६ ।

यस्तै सल्लाहले आफ्नो दुनो सोझ्याउनेतिर
सम्पत्तिनै सबैभन्दा ठूलो रहेछ आखिर ।१६७।

हामी मिल्दा कसैलाई घच्च पर्ला रिसाउला
विरोध होसले गर्नू नत्र वैकुण्ठ जाउला ।१६८ ।

धम्की दियो भनी फेरि उल्टो अर्थ नलाउनू
उल्टो गर्न म जान्नेछु कसैले नसिकाउनू ।१६९ ।

यो मेरो काममा बाधा पार्ने प्रयास गर्छ जो
यादराख तिमीमित्र अप्ठ्यारो पनि पर्छत्यो।१७०।

सुन्नू भाषणमा केही नराम्रो गर्न जान्दिनँ
आफै आफ्ना कुरालाई ठ्याक्कै विश्वास मान्दिन।१७१।

मेरो भाषणले भन्छ देश स्वर्ग बनाउँछु
हत्याहिंसा बढाएर बाचा पूरा गराउँछु।१७२।

झुठो बोल्न कसैलाई नबोलेसम्म दिन्न म
त्यसैले त अरूभन्दा सधैं देखिन्छु भिन्न म।१७३।

ठग्नु हुन्न भनेकैछु नठगी दण्ड गर्दछु ।
ठग्नैपर्ने भएदेखि म आफै अघि सर्दछु।१७४।

बाटो खन्छु भनेकैछु सत्य हो हेर खाडल
कुवा चाहिन्न खाल्डोमै जम्मा गराउँला जल।१७५।

जो नागरिक हौँ भन्छन् जनता बन्न लाउँछु
अरू हुन् जनता आफू नेता बन्न रुचाउँछु।१७६।

मेरो विचारले भन्छ सत्य कर्म भगाउनु
मेलमिलापको सट्टा त्रास अशान्ति ल्याउनु ।१७७।

अग्रगामी कुरा गर्दै पश्चगामी स्वयं हुनु
राष्ट्रियता फलाकेर पवित्र बन्नु चोखिनु ।१७८।

माथि पुग्न परेदेखि आगोमा पनि होमिनु
जिम्मेवारी पुगेमाथि भुल्नु भुसुक्क बिर्सनु ।१७९।

दिने औकातनै हुन्न सुविधा दिन्छ ओठले
पट्क्कै सम्झना हुन्न पुर्‍यायो माथि भोटले।१८०।
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x