साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी सबै खाओवादी !

भ्यू टावरमा चढेर मस्तसँग बसौँ हिमाल नाङ्गिएको खुशियालीमा चियर्स गरेर खाऔँ । बर्षादमा पहाडको बाढीपहिरो हेर्न हेलीकप्टर चढेर जाऔँ ॥ अलिकति किन ? धेरै खाऔँ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

सबै दलको, सबै बलको सबै घरको
राष्ट्रिय साझा सिद्धान्त खाओवाद ,
एनि हाऊ, सरकारमा जाओवाद ।
समृद्धिको मूल मुद्दा नै खानु भएपछि
अलिकति किन ? धेरै खाऔँ ॥

भ्यू टावरमा चढेर मस्तसँग बसौँ
हिमाल नाङ्गिएको खुशियालीमा
चियर्स गरेर खाऔँ ।
बर्षादमा पहाडको बाढीपहिरो हेर्न
हेलीकप्टर चढेर जाऔँ ॥
तराइका बस्ती सबै डुबाउँदा
स्वीमिङ कस्टम लिएर
पौडी खेल्न जाऔँ र मस्त सँग रमाऔँ ।

हामी सबैको काम भनेको नै कमाउने हो
अरुको विपत्तीमा रमाउने हो ।
कन्जुस कोही पनि कत्ति नबनौँ है ॥
सुनकाण्डलाई नुनकाण्ड बनाएर खाऔँ
बलात्कारलाई सहमति हो भनेर खाऔँ ।
मारेकोलाई आत्महत्या हो भनेर खाऔँ ॥
खानु नै जीवनको अभिष्ट भएपछि
वादका विवादमा किन अल्झिनु ?
पुष्प, वि.पी., मन, मदन सबैलाई
झ्याप्पै बिर्सेर खाऔँ ।

भरोसा छैन जीवनको
फेरि पालो आउँछ कि आउँदैन ।
त्यसैले,
डर, त्रास, शंका केही नमानेर खाऔँ ॥
अलिअलि बाँकी भएको
सदाचार र नैतिकता बेचेर खाऔँ ।
सिद्धान्त, इमान र प्रतिष्ठा बेचेर खाऔँ
अपच भए मेडिकल छिरौँला बरू
कसैको आँखा पर्न नभ्याएको
अलिकति राष्ट्रियता बाँकी छ भने,
त्यो पनि निर्धक्क बेचेर खाऔँ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x