सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामी सबै खाओवादी !

भ्यू टावरमा चढेर मस्तसँग बसौँ हिमाल नाङ्गिएको खुशियालीमा चियर्स गरेर खाऔँ । बर्षादमा पहाडको बाढीपहिरो हेर्न हेलीकप्टर चढेर जाऔँ ॥ अलिकति किन ? धेरै खाऔँ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

सबै दलको, सबै बलको सबै घरको
राष्ट्रिय साझा सिद्धान्त खाओवाद ,
एनि हाऊ, सरकारमा जाओवाद ।
समृद्धिको मूल मुद्दा नै खानु भएपछि
अलिकति किन ? धेरै खाऔँ ॥

भ्यू टावरमा चढेर मस्तसँग बसौँ
हिमाल नाङ्गिएको खुशियालीमा
चियर्स गरेर खाऔँ ।
बर्षादमा पहाडको बाढीपहिरो हेर्न
हेलीकप्टर चढेर जाऔँ ॥
तराइका बस्ती सबै डुबाउँदा
स्वीमिङ कस्टम लिएर
पौडी खेल्न जाऔँ र मस्त सँग रमाऔँ ।

हामी सबैको काम भनेको नै कमाउने हो
अरुको विपत्तीमा रमाउने हो ।
कन्जुस कोही पनि कत्ति नबनौँ है ॥
सुनकाण्डलाई नुनकाण्ड बनाएर खाऔँ
बलात्कारलाई सहमति हो भनेर खाऔँ ।
मारेकोलाई आत्महत्या हो भनेर खाऔँ ॥
खानु नै जीवनको अभिष्ट भएपछि
वादका विवादमा किन अल्झिनु ?
पुष्प, वि.पी., मन, मदन सबैलाई
झ्याप्पै बिर्सेर खाऔँ ।

भरोसा छैन जीवनको
फेरि पालो आउँछ कि आउँदैन ।
त्यसैले,
डर, त्रास, शंका केही नमानेर खाऔँ ॥
अलिअलि बाँकी भएको
सदाचार र नैतिकता बेचेर खाऔँ ।
सिद्धान्त, इमान र प्रतिष्ठा बेचेर खाऔँ
अपच भए मेडिकल छिरौँला बरू
कसैको आँखा पर्न नभ्याएको
अलिकति राष्ट्रियता बाँकी छ भने,
त्यो पनि निर्धक्क बेचेर खाऔँ ॥

०००
स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल