साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफडी पर्‍यो अलपत्र !

यस्तै कुराहरूबाट प्रेरित गफडीका दिमागवाट भ्रम हटाउने कोही बुज्रुग भए गफडी अलपत्रिदैन । गरिब गफडी- वम्शीलालहरूबाट सदा सावधान थियो भने अलपत्रिएको भए पनि गफडी असन्तुष्टिको परिणाम जे पायो उही गर्न मन्जुर छैन ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

हावा र कावा

भारतमा जनताको अनेक किसिमको हावा चलेको थियो रे ! हाम्रो यस देशमा पनि ‘हडतालको हावा’ चल्दै पार्टी चाहनेहरूले हावा र कावा पार्ने हावा चल्न थाल्यो । निर्दलीयरूपी हाँगा समातेकाहरू दलीयरूपी रुखमा गएर बस्न थाले । यस्तो दृश्य देख्दा कसैलाई सत्र परेको होला त गफडी परेको छ अलपत्र- गफडी जनताका अदालतमा भन्छ, सत्य-सत्य । हावा र कावा हुनुपर्ने कुरा के भने देश आर्थिक सङ्कटमा परेको छ भन्न थाले त्यस्ता कानमा यी कुरा परे, जुन कानमा ‘देशको विकास भइरहेछ’ मात्रै परेका थिए । गफडीले एसो विचार गर्‍यो- आर्थिक सङ्कट पार्ने को छन् त ? के गर्छन् त ? भाषण त गफडीले विकासको पनि सुनेको हो र सङ्कटको पनि । यतिखेरै एउटा काठ चिराउने कम्पनीमा बसेर पैसा कमाउनेले पनि एही कुरा गरेको देख्दा गफडीलाई लाग्यो- ‘विकास’ का झैँ ‘सङ्कट’ का पनि हुन् – मात्र कुरा ! यसैले जनता जनार्दनका अगाडि गफडीले हावा र कावा भएका कुरा कचुरेको हो ।

सत्र र अलपत्र !

गफडीले भर्खरै भन्यो- कसैलाई सत्र पर्‍यो, त्यसबारे भन्छ । सत्र पर्‍यो भनेको अर्थ कसरी लगायो गफडीले भने धनवेगर एक मिनेट नबाँच्ने मात्रै होइन, धन भनेपछि भुतुक्क हुनेहरू रमाईरमाई कार्यकर्ता भएका छन् । एक मनले गफडी रमायो पनि हो भावना ठुलै कुरा हो । लिफा लिनेले पनि लिफा लिन बन्द गरेर देशका लागि समय दिएको छ । भ्रष्ट हाकिमसँग हिँडेर ठेक्कापट्टा गरी गरी हिँड्ने पनि आफ्ना स्वार्थलाई थन्क्याई देशका लागि हिँडेको छ । बाबु-बराजु र आफूसमेतले कमाएको सम्पत्तिले मोज गर्ने कारवालाले रक्सीको बोतल थन्क्याई देशको विकास गर्न, देशको आर्थिक सङ्कट समाधान गर्न समय निकालेको छ । जे होस्, देशको उन्नति सौच्नेहरू धेरै भएका छन् र र तिनलाई यस्तो सुभार्गमा हिँड्ने सत्र परेको छ । यो गफडी भने पर्‍यो अलपत्र । किन पर्‍यो भन्नुहोला भने- ‘गफडीजिउ, तपाईंका योगदानको ठुलो महत्व छ’ भन्नेहरूले उसलाई धुरुक्क रुवाएका छन् । दूतावास र मन्त्रालयका रकम- पोषितहरू, पूँजीपतिका गुमस्ताहरू, गरिब गफडीलाई जिस्क्याउँछन्, यसैले ऊ अलपत्र छ । ऊ असन्तुष्टिमा जन्मियो । ऊ असन्तुष्ट भई बाँचेको छ । के कुनै पनि व्यक्ति सधैँ एकनासकै हुनु पर्ने ? के कुनै व्यक्ति ‘क’ र ‘ख’ का परिवेशमा नै रुमल्लिनुपर्छ ? ऊ कहिल्यै ‘ग’ हुन सक्दैन ? गफडी सोच्तछ ।

वम्शीलालका कुरा छन् अचेल

हिजो-आज गफडी गर्दैन, हजारौँ-हजार गफडी मात्र गफ डोबाटोमा गफडीले अलपत्रिएर लर्खराएको बेला सुन्यो- ‘निर्दलीय बिगार्ने ‘वम्शीलाल’ हरोबाटो दिन गए । ‘मण्डल’ खोलेर लाखौको रकम हजम गर्नेहरूले मण्डल मात्र पनि बिगारे, वनको विमाख गरे, देशलाई आर्थिक सङ्कटमा हुरले अमानवताले फेरि टाउको उठाउनु नपाउने दिन आउनुपर्छ ।’ यसै बीच एक बहुदलीयवालाले भन्यो- ‘गफडी, बुझ्यौ त ? हाम्रो देशमा यस्ता गद्दार कति छन् ? अलपत्रिएको गफडीले मनै-मनै भन्यो- ‘भोलि कसले के गर्छ ? भोलि यहाँको जङ्गल के हुन्छ ? भोलि यहाँको जमिन के हुन्छ ? भोलि यहाँ कति शोषकले जनता कति चुस्ने हुन् ? के पत्ता छ ?

शोषण ! शोषण !

‘वनपालेले प्रत्येक गाडीसँग रुपियाँ खान्छ ! मालपोत कार्यालयमा प्रत्येक पासमा तल्लो कलम बिस रुपियाँ घुस चाहिन्छ । बचतले बाँध्यो भने त एक-दुई सय नै घुस चाहिन्छ । जताततै शोषण छ । प्रतिबोरा बाह्र-पन्ध्र रुपियाँका दरले सिमेन्टीमा भ्रष्टाचार भयो । भयो । नागरिकताको प्रमाणपत्र लिन नम्बरी खर्च गर्नुपर्दछ । भन्सारमा ठुला व्यापारी ठालु- अरु भारेमुरे आलु ! टिम्बरमा काठ किन्ने औसर ठूलावडालाई सजिलै, अरुलाई धाउनुको धन्दा ! यस्ता कुरा यसै गफडीका वोधा यिनै कानले सुन्नुपर्छ । यो राष्ट्र । यसको उच्चता ! यस्ता धमिराले बिगारेको सुन्दा गफडी ‘भोलि या देश के हुने हो भनी सुस्ताएको छ र अलपत्रिएको छ ।

पातमा पात ! बातमा बात !

भोलिका कुरामा पातमा पात भएझै बातमा बात हुँदा कविको कुरा सम्झ्यो- भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ! त कसले भोलि भनेन भोलि भनी मार्क्स मरे । भियतनाम, कम्बोडियामा के भयो ? भोलि भनी महात्मा गान्धी मरे, भारतमा के भयो ? गफडी आफ्ना जहानलाई सधैँ भोलि भन्छ : गफडी यसैले अलपत्रिएको छ । आज भोलि भनेर फलाक्ने नै क्रान्तिकारी होलान् लाटो गफडी जान्दैन । गफडी चाहन्छ- यो देश भोलि नटुक्रियोस् ! गफडी हजारौँ-हजारौँ ताटा मैँ चाहन्छ यो देश अर्काले माया गरेर आफ्ना पोल्टामा नहालोस् । गरिब गफडी एक जना आफ्ना मित्रलाई हेर्छ- उनी न लखपति, न पदासीन, न हर्ता- कर्ताका पुच्छर, न सिङ भएका, न पुच्छर भएका । उनी भन्छन्- ‘आजको लथालिङ्गवाट वाक्क भएर राष्ट्र फितलो पार्ने शक्तिसँग कसै सम्झौता गर्न सकिन्न । यस्तै कुराहरूबाट प्रेरित गफडीका दिमागवाट भ्रम हटाउने कोही बुज्रुग भए गफडी अलपत्रिदैन । गरिब गफडी- वम्शीलालहरूवाट सदा सावधान थियो भने अलपत्रिएको भए पनि गफडी असन्तुष्टिको परिणाम जे पायो उही गर्न मन्जुर छैन ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३३, २०३६
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x