साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल्याउँछौँ युद्ध आँधी

हाम्रा निष्ठा पूर्ववत् छन् सशक्त आस्थाका छौँ भावले प्रीतिसिक्त यै आस्थाको दीपको ज्योति बाली हौँ हामी नै देशका पूर्ण माली ।

Nepal Telecom ad

केशवराज आमोदी :

माग्यौ लत्री भोट यौटा भनेर
सोझालाई नोठ बाँड्यौ गनेर
लाग्छौ आफैँ हेर आज उत्तानुटाङ
जाऊ उफ्री लोप्रिदै फेरि दाङ ।

छोरो आयो बाबुको मेख मार्दै
झोला जम्मै भोटले डम्म भर्दै
आयो नाच्दै हेर बालेन शाह
फेर्ला आफ्नै भावनाका निगाह ।

नेपाली हौँ शुद्ध संस्कारवादी
न्यायी धर्मी शिष्ट आदर्शवादी
हामी हाम्रै शिष्ट संस्कारमा छौँ
मर्यादाको रम्य संसारमा छौँ।

हाम्रा निष्ठा पूर्ववत् छन् सशक्त
आस्थाका छौँ भावले प्रीतिसिक्त
यै आस्थाको दीपको ज्योति बाली
हौँ हामी नै देशका पूर्ण माली ।

कालापानी लिम्पिया लिपुलेक
हाम्रा आफ्नै अङ्ग हुन् एक एक
गोर्खाली हौँ कर्मका राष्ट्रवादी
छोड्ने छैनौँ ल्याउँछौँ युद्ध आँधी ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x