साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी

तिमी भित्र मातृत्व माया अथाह बगेको छ राम्रो तरङ्गी प्रवाह । तिमीमै छ पीडा र आँसु अमिला थिचेको मिचेको पुरानै छ चाला सहन्छ्यौ तिमी तोड पर्खाल ठूलो नतोडी कहाँ हुन्छ कैले उज्यालो ।

Nepal Telecom ad

विरही अधिकारी :

उठेनन् तिमी भित्रका अश्त्र ज्ञान
खुलेनन् अझै चेतनाका मुहान
सधैँ पीरको छट्पटीकै गुनासो
सधैँ भन्दछ्यौँ दुखले मार्न आट्यो ॥

दिलै भित्र दुख्दा सदा क्यै नभन्ने
समस्या सबै आउँछन् ती नगन्ने
सधैँ कर्ममा लक्ष्यको ख्याल साथ
तिमी धीर निर्दोष प्यारी पराग ॥

शदी बद्लियो काँचुली फेरिएन
कता के भयो त्यो सबै लेखिएन
लु आमा स्वयं लेख आफ्नो चिनारी
गराऊ नयाँ यामको चेत जारी ॥

तिमी आत्म वैनी र माता सबै हौ
सबै सृष्टी सन्तानदात्री पनि हौ
तिमी माथि जौडे फलामे लगाम
सधैँ त्रासमा, कप्टमा बित्छ ज्यान ॥

सकेनौ कहिल्यै यहाँ झार्न तारा
बढी काम तिम्रो तिमी सर्वहारा
बनेनन् कसैका हितै संविधान
तिमी आफुले कोर्नु पर्थ्याे विधान ॥

पुरुष् तन्त्रको जालमा जेलमा छौँ
बलात्कार अन्यायकै खेलमा छौँ
नसम्झे यहाँ हुन्न आदर्श सीता
सकेनन् कतै तोड्न कालो कुकृत्य ॥

तिमी सृष्टि संरक्षिका दीप बाती
तिमी लाग्दछ्यौ लोककै न्याय माथि
यहाँ पापको भेल नै रोक्नु पर्छ
सकेनौ भने बन्दुकै बोक्नु पर्छ ।

तिमी विश्व-वन्धुत्वकी जन्मदाता
तिमी नै दया प्रेमकी हौ विजेता
तिमी भित्र मातृत्व माया अथाह
बगेको छ राम्रो तरङ्गी प्रवाह ॥

तिमीमै छ पीडा र आँसु अमिला
थिचेको मिचेको पुरानै छ चाला
सहन्छ्यौ तिमी तोड पर्खाल ठूलो
नतोडी कहाँ हुन्छ कैले उज्यालो ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x