साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म देश दुखेर बाँचेको छु

म देश दुखेर बाँचेको छु । म देश सुकेर बाँचेको छु । म देश लुकेर बाँचेको छु । म देश केवल झण्डा फर्फराएर बाँचेको छु आफ्‌नै अस्तित्वको निश्चितता छैन म देश धर्खराएर बाँचेको छु।

Nepal Telecom ad

विरही अधिकारी :

म खोज्दिन स्थीरता ।
म खोज्दिन शान्ति ।
म देश युद्धसंग मिसिएको
म देश पराजित बनेर चिसिएको ।
सुरक्षा परिषदको फाइल भित्र
शान्ति निस्सासिए पछि,
स्थीरता पोको बोकेर
राष्ट्रसंघको पेटीमा निदाएपछि
म देश खुट्टा खुम्च्याएर बाँचेको छु ।
म देश पेट सुकाएर बाँचेको छु।
म देश चित्त दुखाएर बाँचेको छ ।
षड्यन्त्रको भुमरी भित्र-
कैले कम्बोडिया भत्कन्छु ।
कहिले रसिया विथाेलिन्छु ।
कहिले सिक्किम चपाइन्छु ।
कैले शरणार्थी बनेर धपाइन्छु ।
क्षेप्यास्त्र लखेटी रहेको अवस्था यो
म देश युद्ध खेपेर बाँचेको छु।
अर्काले हेपेर बाँचेको छु।
कसैले काखीमा चेपेर बाँचेको छु ।
बहुरुपीय परिवेशमा, युद्धको आवेशमा
बारुद गन्हाएका युगका घाउहरू सम्सुम्याउदै
मिशायल बोकेका टाउकाहरू
युद्ध खोज्दै, युद्ध स्वीकार्दै
मांशविहिन कङ्काल शताब्दीभित्र
कैले बोस्नियाको लाशको खातमा खप्टिएर
सोमालियाकी आमासंगै भोकै मरेर
म विजयको आह्वान सुन्दै-
कैले यहूदी कैले मुश्लिम
संगीनको घोचाधोचले-
म देश दुखेर बाँचेको छु ।
म देश सुकेर बाँचेको छु ।
म देश लुकेर बाँचेको छु ।
म देश केवल झण्डा फर्फराएर बाँचेको छु
आफ्‌नै अस्तित्वको निश्चितता छैन
म देश धर्खराएर बाँचेको छु।

०००
झापा
रचनाकाल २०५५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यतिवेला शहर मातेको छ

यतिवेला शहर मातेको छ

विरही अधिकारी
नारी

नारी

विरही अधिकारी
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x