विरही अधिकारीम देश दुखेर बाँचेको छु
म देश दुखेर बाँचेको छु । म देश सुकेर बाँचेको छु । म देश लुकेर बाँचेको छु । म देश केवल झण्डा फर्फराएर बाँचेको छु आफ्नै अस्तित्वको निश्चितता छैन म देश धर्खराएर बाँचेको छु।

विरही अधिकारी :
म खोज्दिन स्थीरता ।
म खोज्दिन शान्ति ।
म देश युद्धसंग मिसिएको
म देश पराजित बनेर चिसिएको ।
सुरक्षा परिषदको फाइल भित्र
शान्ति निस्सासिए पछि,
स्थीरता पोको बोकेर
राष्ट्रसंघको पेटीमा निदाएपछि
म देश खुट्टा खुम्च्याएर बाँचेको छु ।
म देश पेट सुकाएर बाँचेको छु।
म देश चित्त दुखाएर बाँचेको छ ।
षड्यन्त्रको भुमरी भित्र-
कैले कम्बोडिया भत्कन्छु ।
कहिले रसिया विथाेलिन्छु ।
कहिले सिक्किम चपाइन्छु ।
कैले शरणार्थी बनेर धपाइन्छु ।
क्षेप्यास्त्र लखेटी रहेको अवस्था यो
म देश युद्ध खेपेर बाँचेको छु।
अर्काले हेपेर बाँचेको छु।
कसैले काखीमा चेपेर बाँचेको छु ।
बहुरुपीय परिवेशमा, युद्धको आवेशमा
बारुद गन्हाएका युगका घाउहरू सम्सुम्याउदै
मिशायल बोकेका टाउकाहरू
युद्ध खोज्दै, युद्ध स्वीकार्दै
मांशविहिन कङ्काल शताब्दीभित्र
कैले बोस्नियाको लाशको खातमा खप्टिएर
सोमालियाकी आमासंगै भोकै मरेर
म विजयको आह्वान सुन्दै-
कैले यहूदी कैले मुश्लिम
संगीनको घोचाधोचले-
म देश दुखेर बाँचेको छु ।
म देश सुकेर बाँचेको छु ।
म देश लुकेर बाँचेको छु ।
म देश केवल झण्डा फर्फराएर बाँचेको छु
आफ्नै अस्तित्वको निश्चितता छैन
म देश धर्खराएर बाँचेको छु।
०००
झापा
रचनाकाल २०५५
Subscribe
Login
0 Comments
Oldest








































