साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा नकाट्ने !!

"वाह वाह वाह !" सबैले ताली पिटे। खीरहरण गरी फर्किए असन्तुष्टहरू। अ अ अ अ !! " कुरा नकाट्ने !" कसम खाए, ४३ सेकेन्डको लागि।

Nepal Telecom ad

धनराज गिरी :

अ कृष्ण र अ हरि मिलेर अ दीपकको घर आए। दीपक घण्टी बजाएर अ रविको पूजा गर्दै। यी तीन “अ” मिलेर लागे लौरीघोल, अ कमल अर्याल भेट्न। चार मित्र मिलेर सल्लाह गरे “प्रोफेसर जीवनराज स्वर्णिमोपाध्याय भोकाहाश्री गजलमणिको घर जाने” पुगे। प्रोफेसर गजल लेख्न मस्त।

“आहा, अ अ अ अ सबै अ, म त क क क क होइन का का काका, अलिअलि ! वेलकम जेन्जी कोहेनूर हो ! “प्रोफेसर । “सर, हामी” राम स्वस्थानी पाठशाला= रास्वपा” लाई अ अ अ अ भनेको किन हो ? जता गए पनि अ अ अ अ अरे ! क क क भनेको त कमरेड, यो अ अ अ अ अ अ के हो गुरुदेव ? यो प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीको गोदवा हो, कदमश्री !” कृष्णप्रसाद रेग्मी।

“हा हा हा, यति सजिलो। हेर युवा हो, आज यो धरतीमा कोही पनि सन्तुष्ट छैन । गरीब भए हेप्छ दुनियाँ, धनी भए ईर्ष्या गर्छ, खेदो खन्छ। सबैतिरका असन्तुष्टहरू अहिले घण्टीनगर ओहिरिए। त्यही भएर अ अ अ अ !” प्रोफेसर ।

“हा हा हा हा, गुरुबा, कसैलाई पनि नछोड्ने ! प्रेम रिमाल सर र हजुरले त पायो कि बजायो, भित्तै पुर्याउने क्या !” दीपक गौतम। अनि, कुरा काट्न कस्सिए। ४३ मिनेटपछि। प्रोफेसरले प्रतिबन्ध लगायो।

“आज कुरा नकाट्ने ! किन ? सुन बबुवा हो, कुरा काटेर के अर्थ ? दिमाग खराब आफ्नै। फेरि मेरो मित्रको कुरा तिमीहरूले काटे भित्र भित्र मेरो चित्त दुख्नसक्छ। तिमीहरूको अनुकूल पात्रको कुरा मैले काटे तिमीहरूको चित्त दुख्नसक्छ। “साझा रिपु” भए बेग्लै कुरा। निन्दा उद्योग काम छैन। बरु हाम्रो गुरुबा “प्रोफेसर ढुक्कनारायण चौधरी धनराजेश्वर सीतापति झुवानीश्री कमरेड बिस्फोटले “जसरी हाकाहाकी ठोक्ने, चित्त नबुझेको कुरा ! छ हिम्मत ? यो बानी राम्रो होइन।” प्रोफेसर ।

“आहा, कति उत्तम विचार। हो गुरुदेव, सबै कुरा बिगार्ने नै कुरा हो। आज यहाँ कुरा काट्यो, भोलि त्यो निन्दित पात्र वा पात्राले थाहा पाइहल्छ। अनि कता कता धान्ने । सही तर्क। बरु गजल सुन्ने !” कमल अर्याल।

“गगन गगन, शेर लेखी गाउने आरजूले !
याली बोकी सजी आए पाउने आरजूले !” प्रोफेसर ।

“वाह वाह वाह !” सबैले ताली पिटे। खीरहरण गरी फर्किए असन्तुष्टहरू। अ अ अ अ !! ” कुरा नकाट्ने !” कसम खाए, ४३ सेकेन्डको लागि।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x