अमर सन्ततितीन ठाेक्तक
अहङ्कार र दम्भले झुक्न जान्दैनन् उनीहरु कसैको साहाराबिना उठ्न जान्दैनन् उनीहरु फुट्न त सजिलै फुटिदिन्छन् माटोको भाँडोझैँ , आफ्नै ज्ञानले फेरि जुट्न जान्दैनन् उनीहरु ।

अमर सन्तति :
१.
सुन्दर छन् कि कुरुप हेर्नै बाँकी छ
बादशाह हुन् कि तुरुप हेर्नै बाँकी छ
जम्जमाउँदै उठेका नयाँहरुको पनि –
कस्तो छ असली रुप हेर्नै बाँकी छ ।
२.
अहङ्कार र दम्भले झुक्न जान्दैनन् उनीहरु
कसैको साहाराबिना उठ्न जान्दैनन् उनीहरु
फुट्न त सजिलै फुटिदिन्छन् माटोको भाँडोझैँ ,
आफ्नै ज्ञानले फेरि जुट्न जान्दैनन् उनीहरु ।
३.
आपसका सम्बन्ध पनि नयाँ पुराना हुन्छन् यहाँ
नजिकका भनिने आफ्ना पनि बिराना हुन्छन् यहाँ
नपत्याए दुनियाँ चियाएर मज्जाले हेर्नुस् त हजुर ,
टुप्पाबाट पलाएकाहरू पनि घराना हुन्छन् यहाँ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































