साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति लेख्छौ यो पुरस्कारको कविता

कति लेख्छौ यी पुरस्कारका कविता कति लेख्छौ यी तस्करका कविता कति लेख्छौ यी उपासनाका कविता कति लेख्छौ यी वासनाका कविता ।

Nepal Telecom ad

विरही अधिकारी :

तिम्रो कविता महलको दैलो ढक्ढक्याएर भिख माग्छ
तिमी त्यसलाई प्ररस्कार भन्छौ र दङ्ग पर्छाै
तिम्राे कविता प्रतिष्ठानको नाइकेलाई रिझाउँछ

र पछ्यौरा माग्छ तिमी त्यसलाई सम्मान भन्छौ र मख्ख पर्छौ
कति लेख्छौ यो पुरस्कारको कविता
तिम्रो कविता महलको दैलो ढक्ढक्याएर भिख माग्छ
तिमी त्यसलाई पुरस्कार भन्छौ र दङ्ग पर्छाै
तिम्रो कविता प्रतिष्ठाको नाइकेलाई रिझाउँछ
र पछ्यौरा माग्छ,
तिमी त्यसलाई सम्मान भन्छौ र मख्ख पर्छौ
कति लेख्छाै यी तस्करका कविता ।
कविता त नाङ्गो आँखा हुनुपर्छ
जसले सूक्ष्मतालाई पनि हेर्नसक्छ
कविता त संघर्षको भाका हुनुपर्छ
जसले समाजको अनुहार नै फेर्नसक्छ
कविता त छाँगो हुनुपर्छ
र पहराबाट झर्न सक्नुपर्छ
कविता, भेल आएको होस्
जस्तोसुकै जङ्गार पनि तर्नसक्नु पर्छ
तर तिम्रो कविता यौटा आँखाले छाम्दै हिँड्छ
र झोपडीहरू देख्दैन
तिम्रो कविता स्वयं अपाङ्ग छ
तर अपाङ्ग छु भनेर कहिल्यै लेख्दैन
कति लेख्छौ उपासनाको कविता
कति लेख्छौ यो वासनाको कविता ।
कविता कुटो, कोदालो र गैती हो
चट्टानका पहाड पनि फोर्न सक्नुपर्छ
कविता जनमतको पथ प्रदर्शक बनेर
नौलो भविष्य पनि कोर्न सक्नुपर्छ
कविता विद्रोहको मूर्तरूप हो
आन्दोलित भएर छरिन सक्नुपर्छ
कविता स्वयं बारुद बनेर
खाली बन्दुकमा पनि भरिनसक्नुपर्छ
तर तिम्रो कविता त कुष्ठरोगले ग्रसित भए जस्तो
ठूलावडाको धम्की र डरले त्रसित भए जस्तो
पलायनताको छहारीमा प्रश्रित भए जस्तो ।
कति लेख्छौ यी पुरस्कारका कविता
कति लेख्छौ यी तस्करका कविता
कति लेख्छौ यी उपासनाका कविता
कति लेख्छौ यी वासनाका कविता ।

०००
पृथ्वीनगर, झापा
तिमी स्वास्नी हुनुकाे अर्थ (२०६९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश दुखेर बाँचेको छु

म देश दुखेर बाँचेको...

विरही अधिकारी
यतिवेला शहर मातेको छ

यतिवेला शहर मातेको छ

विरही अधिकारी
नारी

नारी

विरही अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x